उदयपुर । उदयपुरमा तीब्र गतिकाे मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ, भने एक घाइते भएका छन् । विहीबार मदनभण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्ड अन्तर्गत पर्ने असारीमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने एक घाइते भएका हुन् ।
त्रियुगा नगरपालिका–१३ असारी स्थित प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका ११ पुरानो पेट्रोलपम्पका २२ वर्षीय किरण कटुवालले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिन्नद चौधरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी गम्भिर घाइते भएका कटुवालको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक कटुवालसँगै पछाडि सवार त्रिनपा १० बाँसबारीका २१ वर्षिय सुनिल दाहाल घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । तीब्र गतिका कारण दुर्घटना भएको चौधरीको भनाइ छ ।
प्रतिकृया लेख्नुहोस्: