Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

छ महिनामा मकवानपुर मालपोतले उठायो १६ करोड राजस्व

खबरडबली संवाददाता

मकवानपुर । मालपोत कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०/०८१ मा जग्गाको कारोबारबाट रु १५ करोड ७८ लाख ८० हजार छ सय ६२ राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अविधमा उक्त रकम सङ्कलन गरेको हो ।

मालपोत कार्यालय मकवानपुरबाट थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकाको आग्रा र गोङ्टेबाहेकका अन्य स्थानीय तहको जग्गाको कारोबार हुँदै आएको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रजिस्ट्रेसन दस्तुर, राप्ती संरक्षण कोष, न्यायिक दस्तुर रोक्का, सेवा शुल्क तथा अन्य प्रशासनिक दस्तुर, पुँजीगत लाभकर गरी रु दुई करोड ६३ लाख सात हजार चार सय ९३ राजस्व सङ्कलन गरेको छ ।

त्यसैगरी कार्यालयबाट प्राप्त जानकारीअनुसार सो अवधीमा साउन महिनामा रु तीन करोड, भदौ महिनामा रु दुई करोड ४२ लाख ६० हजार चार सय १५ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी कार्यालयले असोज महिनामा रु तीन करोड ९९ लाख ७२ हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ । 

यस्तै कात्तिकमा रु एक करोड ३४ लाख ५१ हजार सात सय ८६ र मङ्सिरमा रु दुई करोड ६५ लाख ७५ हजार चार सय ४९ राजस्व, पुस महिनामा रु दुई करोड ७८ लाख छ हजार ९१ राजस्व आम्दानी गरेको हो ।

गत आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको पहिलो छ महिनाको अवधिमा कार्यालयले रु २३ करोड ३६ लाख एक हजार छ सय ३६ आम्दानी गरेको थियो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म रु २६ करोड ६० लाख ७२ हजार तीन सय ६९ राजस्व आम्दानी गरेको थियो ।

मालपोत कार्यालय राजस्व आम्दानीको एक स्रोत रहेको छ । यस कार्यालयले जग्गाको विभिन्न कारोबारबाट राजस्व आम्दानी गर्दै आएको छ । पछिल्लो समय कार्यालयमा कारोबार घट्दो क्रममा रहेको देखिएको छ । 

अघिल्लो आव २०७८/७९ को तुलनामा गत आव २०७९/८० मा रु तीन करोड २४ लाख ७० हजार सात सय ३३ ले कम राजस्व आम्दानी भएको थियो । आव २०७८/७९ को तुलनामा चालु आवमा रु १० करोड ८१ लाख ९१ हजार सात सय सातले राजस्व कम सङ्कलन भएको छ । पछिल्लो तीन वर्षको राजस्व सङ्कलनको तथ्याङ्क हेर्दा भारी गिरावट भएको देखिएको छ ।

कार्यालयका अनुसार गत आवको तुलनामा  चालु आवमा रु सात करोड ५० लाखभन्दा कम राजस्व उठेको छ । चालु आवको केही समय जग्गाको कित्ताकाट बन्द, आर्थिक मन्दीका कारण जग्गाको कारोबार घटेसँगै राजस्व सङ्कलनमा पनि कमी आएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE