Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

छेडागाडका मेयरले अलपत्र पारेको पक्की पुलको ठाउँमा बेलिब्रिज निर्माण गरिने

खबरडबली संवाददाता

सुर्खेत । जाजरकोटको नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा ९ वर्ष देखि पुल अलपत्र परेपछि नयाँ बेलिब्रिज पुल निर्माण गर्न थालिएको छ । त्यस्तै छेडागाड नगरपालिकाको मनघाट स्थित छेडाखोलामा पनि बेलिब्रिज पुल निर्माण गर्न पहल थालिएको छ । 

नलगाड नगरपालिका–५  र बारेकोट –८ को बीचमा रहेको खारामा छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले पक्की पुल निर्माण गर्नका लागि लिइएको ठेक्काको पुल लामो समय देखि निर्माण नभएपछि उक्त ठाउँमा बेलिब्रिज निर्माण गरि तत्काल समस्य हल गर्न पहल थालिएको पूर्व जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । त्यस्तै पश्चिम जाजरकोटको लाइफ लाइन सडक भित्र पर्ने छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाटमा पुल नहुँदा परेको समस्य हल गर्न बेलिब्रिजकै सहारा लिइएको छ । 

छेडागाड नगरपालिका–१२ र ५ को बीचमा रहेको छेडाखोलामा पुल निर्माण गरि मनघाट जान र आउनका लागि पनि  बेलिब्रिज बनाउन लागिएको हो । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो । यी दुई पुलको सामान कर्णाली प्रदेश सरकारले बुझेर जाजरकोट लिन लागिएको छ । अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गर्नका लागि बाटो खुलेको छ । ३ महिनाभित्र पुल दुइ ठाउँमा जोडनका लागि काम हुने पूर्वमन्त्री सिंहले बताए । 

संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । संघीय सरकारले उपलब्ध गराएको उक्त बेलिब्रिज पुलका सामान प्रदेश सरकारले जडानको जिम्मेवारी लिएको छ । यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गर्ने सहमति रहेको छ ।

यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे यहाँका स्थानीयबासीले उर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापन पत्र समेत बुझाएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बस्नेतले पूल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गरेपछि तत्काल दुइ ठाउँमा बेलिब्रिज पुल बन्ने भएका हुन् । खारामा अहिले अस्थायी रुपमा काठहरु नलगाड खोला माथी राखेर यातायातका साधनहरु सञ्चालन गरिर्दै आएको छ ।

स्थानीय यातायात व्यवसायीले आफ्नै लगानीमा काठ राखेर सवारीसाधनहरु तार्ने काम गर्दै आएका छन् । हिउँद याममा मात्र उक्त ठाउँमा काठको लाप्को प्रयोग हुन्छ भने वर्षायाममा खारामा यातायात सेवा बिच्छेद हुँदै आएको छ । संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज पुल प्रदेश सरकारले ढुवानी तथा जडानको काम गर्ने योजना रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा

पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...

रूसद्वारा ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ इन्जिन परीक्षण सफल

मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...

नाइजेरियामा अपहरण गरिएका १३० विद्यार्थी र कर्मचारी मुक्त

अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending