सुर्खेत । जाजरकोटको नलगाड जलविद्युत आयोजनाको पहुँच मार्गमा ९ वर्ष देखि पुल अलपत्र परेपछि नयाँ बेलिब्रिज पुल निर्माण गर्न थालिएको छ । त्यस्तै छेडागाड नगरपालिकाको मनघाट स्थित छेडाखोलामा पनि बेलिब्रिज पुल निर्माण गर्न पहल थालिएको छ ।
नलगाड नगरपालिका–५ र बारेकोट –८ को बीचमा रहेको खारामा छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले पक्की पुल निर्माण गर्नका लागि लिइएको ठेक्काको पुल लामो समय देखि निर्माण नभएपछि उक्त ठाउँमा बेलिब्रिज निर्माण गरि तत्काल समस्य हल गर्न पहल थालिएको पूर्व जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । त्यस्तै पश्चिम जाजरकोटको लाइफ लाइन सडक भित्र पर्ने छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाटमा पुल नहुँदा परेको समस्य हल गर्न बेलिब्रिजकै सहारा लिइएको छ ।
छेडागाड नगरपालिका–१२ र ५ को बीचमा रहेको छेडाखोलामा पुल निर्माण गरि मनघाट जान र आउनका लागि पनि बेलिब्रिज बनाउन लागिएको हो । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो । यी दुई पुलको सामान कर्णाली प्रदेश सरकारले बुझेर जाजरकोट लिन लागिएको छ । अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्याएर जडान गर्नका लागि बाटो खुलेको छ । ३ महिनाभित्र पुल दुइ ठाउँमा जोडनका लागि काम हुने पूर्वमन्त्री सिंहले बताए ।
संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । संघीय सरकारले उपलब्ध गराएको उक्त बेलिब्रिज पुलका सामान प्रदेश सरकारले जडानको जिम्मेवारी लिएको छ । यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गर्ने सहमति रहेको छ ।
यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे यहाँका स्थानीयबासीले उर्जामन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापन पत्र समेत बुझाएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बस्नेतले पूल निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गरेपछि तत्काल दुइ ठाउँमा बेलिब्रिज पुल बन्ने भएका हुन् । खारामा अहिले अस्थायी रुपमा काठहरु नलगाड खोला माथी राखेर यातायातका साधनहरु सञ्चालन गरिर्दै आएको छ ।
स्थानीय यातायात व्यवसायीले आफ्नै लगानीमा काठ राखेर सवारीसाधनहरु तार्ने काम गर्दै आएका छन् । हिउँद याममा मात्र उक्त ठाउँमा काठको लाप्को प्रयोग हुन्छ भने वर्षायाममा खारामा यातायात सेवा बिच्छेद हुँदै आएको छ । संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज पुल प्रदेश सरकारले ढुवानी तथा जडानको काम गर्ने योजना रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: