ताप्लेजुङ । नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन् । उनले इतिहासमा सीमित भएको राजतन्त्र फर्काउने कुराले जनतामा भ्रम सृजना भइरहेको र यो वर्तमान व्यवस्थाविरुद्ध भएको बताए ।
प्रेस चौतरी नेपालले आफ्नो स्थापना दिवसका अवसरमा आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राज्य व्यवस्था जनआन्दोलनको बलमा स्थापित भएकाले पुनरुत्थान गर्ने विचार दिवास्वप्नबाहेक केही नभएको र यसले कुनै नतिजा नदिने बताए ।
उनले कुनै पनि विकासक्रम वा राज्य व्यवस्था पछाडि फर्किन नसक्ने उल्लेख गर्दै इतिहासमा सीमित भइसकेको राजतन्त्रको वर्तमान र भविष्य नभएको स्पष्ट पारे । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भट्टराईले राजतन्त्रको इतिहासलाई हेर्दा नेपालको एकीकरणमा राजा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाबाहेक राजतन्त्रको अरू कुनै सान्दर्भिकता नरहेको टिप्पणीसमेत गरे ।
यसैबीच प्रेस चौतारी नेपालले आफ्नो संस्थाको स्थापना दिवसका अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका तीन पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । पुरस्कृत एवं सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घका पूर्वजिल्ला अध्यक्ष केशव भट्टराई, पूर्वसचिव रविन भट्टराई र वर्तमान उपाध्यक्ष गङ्गा लिङ्खीम रहेका छन् । तीनै पत्रकारलाई रु १० हजार एक सय पाँचसहित सम्मानपत्र वितरण गरिएको प्रेस चौतारीका जिल्ला अध्यक्ष वसन्त पालुङ्वाले जानकारी दिए ।
प्रेस चौतारी नेपालले हरेक वर्ष स्थापना दिवसका अवसरमा तीनजना पत्रकारलाई छनौट गरी प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार, जयमती कर्णबहादुर पत्रकारिता पुरस्कार र अग्निप्रसाद भीमादेवी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: