Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

घट्यो आलुको उत्पादन, माग बढी

खबरडबली संवाददाता

जोमसोम । हिमाली क्षेत्रको चिसो हावापानीमा उत्पादन हुने मुस्ताङी आलुलाई उपभोक्ताले निकै मन पराउँछन् । उसिनेर होस् या तरकारीमा मिसाएर खान मुस्ताङी आलुको माग बढी छ। तराई र पहाडी क्षेत्रमा उत्पादन हुने आलुभन्दा यस क्षेत्रमा उत्पादन हुने आलुप्रति सहरिया उपभोक्ताको रुचि बढी छ।

मुस्ताङका स्याउ खेती जस्तै प्रमुख बालीको रूपमा रहेको परम्परागत आलु खेती यहाँका किसानको गतिलो आम्दानीको स्रोत बनेको छ। मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीको रूपमा आलु खेती गर्दै आइरहेका छन्। उनीहरूले स्याउ र आलु गरी दोहोरो आम्दानी लिइरहेका छन्। यद्यपि मुस्ताङका किसानले स्याउ बगैंचाभित्र अन्तरबालीका रूपमा उवा, फापर, जौ र तरकारी खेती पनि गर्छन्। 

मुस्ताङमा यसवर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। गतवर्ष मुस्ताङमा २ सय १२ हेक्टरमा लगाइएको आलु खेतीबाट ९ हजार ६ सय ३ टन स्याउ उत्पादन भएको थियो। तर, यसवर्ष ३ सय १५ हेक्टर क्षेत्रफलमा लगाइएको आलु खेतीबाट ६ हजार ३ सय ६३ टन मात्र आलु उत्पादन भएको ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।

यसवर्ष मौसम अनुकूल नहुँदा आलु उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीले उल्लेख गरे। गतवर्ष आलुका लागि उपयुक्त हावापानी भएको भए पनि यसवर्ष आलुको बोटको वृद्धि विकास हुने बेलामा लगातार वर्षा भएको र यसले आलु खेतीमा डढुवा रोगको प्रकोप देखिँदा उत्पादन घटेको केन्द्र प्रमुख बस्ताकोटीको भनाइ छ। उनले उपल्लो मुस्ताङमा तुषारोका कारण आलु खेतीमा डढुवा रोग देखिएको बताए। आलु खेतीमा मौसम अनुकूल नहुँदा डढुवा रोगको प्रकोप देखिने गर्छ। डढुवा रोग लाग्दा आलु बोटका पातहरू सुक्दै र मर्दै जाने लक्षण देखिन्छ। आलु बोटको पातमा डढुवाको प्रकोप देखिँदा आलुको बोटले प्राप्त गर्ने कार्वनडाई अक्साइडको मात्रा उपलब्ध हुन सक्दैन। आलुको बिरुवाले मलजल नपाउँदा आलु उत्पादन घट्नुको प्रमुख कारण रहेको केन्द्र प्रमुख बस्ताकोटीले सुनाए।

यसवर्ष गतवर्षको तुलनामा ३ हजार २ सय ४० टन आलु उत्पादन घटेको हो। गतवर्ष मुस्ताङमा प्रतिहेक्टरमा ३०।७८ टन आलु उत्पादन भएको थियो। यसवर्ष गतवर्षभन्दा थप ३ हेक्टर क्षेत्रफल विस्तार भए पनि प्रतिहेक्टर २०।२ टन आलु उत्पादन भएको देखिन्छ। यहाँ औसत प्रतिहेक्टर १० टनले आलु उत्पादनमा ह्रास आएको केन्द्र प्रमुख बस्ताकोटीले जनाए। 

यसवर्ष ६ हजार ३ सय ६३ टन आलु उत्पादन हुँदा औसत प्रतिकेजी ५० रुपैयाँका दरले ३१ करोड ८१ लाख रुपैयाँको आलु उत्पादन भएको छ। गतवर्ष मुस्ताङमा ९ हजार ६ सय ३ टन  उत्पादन हुँदा ४८ करोड १ लाख रुपैयाँ आम्दानी भएको केन्द्रको अनुमान छ। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, कशिस र आर्याले पनि जिते अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

सुनसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending