Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

खबरडबली संवाददाता

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुधन गुरुङसँग भएको छलफलमा उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडितलाई राहत तथा दीर्घकालीन राजनीतिक र नीतिगत विषय समेटिएका विभिन्न माग अघि सारेका हुन्।

मागपत्रमा घटनामा संलग्न व्यक्ति र योजनाकारलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न तथा गोली चलाउन आदेश दिने व्यक्तिको पहिचान सार्वजनिक गर्न माग गरिएको छ। मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति, परिवारका एक सदस्यलाई सरकारी जागिर, घाइतेहरूको निःशुल्क उपचार तथा मृतकलाई शहीद घोषणा गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी घटनामा प्रशासनिक लापरबाही भएको दाबी गर्दै जिम्मेवार अधिकारीमाथि कारबाही गर्न, घटना भएको दिन विद्युत् आपूर्ति अवरुद्ध भएको विषयमा छानबिन गर्न तथा सम्बन्धित अधिकारीमाथि अनुसन्धान अघि बढाउन माग गरिएको छ।

मागपत्रमा नेपाललाई ‘वैदिक सनातन हिन्दु राष्ट्र’का रूपमा पुनःस्थापना गर्न संसद्मा प्रस्ताव लैजानुपर्ने, धार्मिक संस्थाहरूको अनुगमन तथा आर्थिक स्रोतको छानबिन गर्नुपर्ने, मुस्लिम आयोग खारेज गर्नुपर्ने, हज यात्रा समिति हटाउनुपर्ने र प्रधानमन्त्रीका सल्लाहकार तथा संविधान संशोधन संयोजक मो. आसिम शाहलाई पदमुक्त गर्नुपर्ने माग पनि समावेश छन्।

यस्तै, सीमा सुरक्षा कडा बनाउन, अवैध घुसपैठ नियन्त्रण गर्न, नागरिकताको छानबिन गर्न, धार्मिक कार्यक्रममा हातहतियार प्रदर्शन गर्नेमाथि कानुनी कारबाही गर्न, आन्दोलनका क्रममा पक्राउ परेकाहरूका मुद्दाको पुनरावलोकन गरी कानुनी प्रक्रियाअनुसार रिहा गर्न तथा सामाजिक सञ्जालमार्फत हिंसा, द्वेष वा अतिवादी विचार फैलाउनेमाथि कारबाही गर्नुपर्ने माग पनि उनीहरूले राखेका छन्।

यी मागहरू सरकारसँगको औपचारिक वार्तामा प्रस्तुत गरिएका हुन्। सरकारले मागपत्रबारे औपचारिक निर्णय वा प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रवेश परीक्षा दिएपछि विश्वविद्यालय भवनबाट हामफालेका विद्यार्थीको मृत्यु

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको विश्वविद्यालय भवनबाट हामफालेपछि मृत्यु भएको छ। मृत्यु हुनेमा बेदकोट ...

ब्रड पिक दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, निर्मल पुर्जासहित सबै आरोहीलाई श्रद्धाञ्जली

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा प...

सरकार–हिन्दु सम्राट वार्ता निष्कर्षविहीन, सहमति खोज्न पुनः संवाद हुने

जनकपुरधाम । सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै सहमतिमा पुग्न सकेन। करिब दुई घण्टासम्म चलेको छलफल...

चुलोमा पेट्रोल हाल्दा आगो भड्कियो, कालीकोटमा दम्पती गम्भीर घाइते

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ मा खाना पकाउने क्रममा चुलोमा पेट्रोल हालेर आगो बाल्ने प्रयास गर्दा दम्पती गम्भीर घाइते भएका छन्। घाइते दुवै जन...

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, कशिस र आर्याले पनि जिते अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending