काठमाडौं । यस साताभरमा सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो हप्ताको तुलनामा यस साता सुन तोलामा एक हजार ५०० रुपैयाँले वृद्धि भएको हो।
आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको सुनको मूल्य साताको दोस्रो दिन अर्थात् सोमबारदेखि कारोबार भएको दिनसम्म बढेको पार्ईएको छ । सुनको मूल्य कारोबारमा साताको अन्तिम दिनसम्म बढेर प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ पुगेको हो।
नेपाली बजारमा यस साता चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ । साताभरमा चाँदी तोलामा १५ रुपैयाँले महँगिएको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँ रहेको थियो । त्यसपछि, चाँदीको मूल्य सोमबार र मङ्गलवार बढेको थियो ।
त्यसै गरी मङ्गलवार प्रतितोला एक हजार ४२० रुपैयाँ पुगेको चाँदीको भाउ बिहीबार भने घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा झरेको थियो । शुक्रवारका दिन भने चाँदीको भाउ बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यससाता विश्व बजारमा सुनको मूल्यमा वृद्धि भएकोले नेपाली सुन बजारमा सुन महँगिएको हो । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मूल्य बढेको छ । यो वर्ष मूल्यले थप नयाँ उचाइ लिन सक्ने विश्लेषकहरूको अनुमान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: