Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

मूल्य बढेकाे सुनको कस्तो रह्यो याे साता कारोबार ?

खबरडबली संवाददाता

काठमाडौं ।  यस साताभरमा सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो हप्ताको तुलनामा यस साता सुन तोलामा एक हजार ५०० रुपैयाँले वृद्धि भएको हो।

आइतबार प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको सुनको मूल्य साताको दोस्रो दिन अर्थात् सोमबारदेखि कारोबार भएको दिनसम्म बढेको पार्ईएको छ ।  सुनको मूल्य कारोबारमा साताको अन्तिम दिनसम्म बढेर प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ पुगेको हो।

नेपाली बजारमा यस साता चाँदीको मूल्यमा समेत सामान्य वृद्धि भएको छ । साताभरमा चाँदी तोलामा १५ रुपैयाँले महँगिएको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँ रहेको थियो । त्यसपछि, चाँदीको मूल्य सोमबार र मङ्गलवार बढेको थियो ।

त्यसै गरी मङ्गलवार प्रतितोला एक हजार ४२० रुपैयाँ पुगेको चाँदीको भाउ बिहीबार भने घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा झरेको थियो । शुक्रवारका दिन भने चाँदीको भाउ बढेर प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी यससाता विश्व बजारमा सुनको मूल्यमा वृद्धि भएकोले नेपाली सुन बजारमा सुन महँगिएको हो । साताको पहिलो दिन देखि साता भर नै निरन्तर मूल्य बढेको छ । यो वर्ष मूल्यले थप नयाँ उचाइ लिन सक्ने विश्लेषकहरूको अनुमान छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रड पिकको हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, ६ नेपालीले गुमाए ज्यान

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहि...

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, कशिस र आर्याले पनि जिते अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

सुनसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending