झापा । अन्तर्राष्ट्रियस्तरको झापा गोल्डकप २०८० का लागि खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आगामी फागुन १९ गतेदेखि हुने छैटौँ संस्करणको झापा गोल्डकपलाई भव्यरुपमा सम्पन्न गर्न खेल मैदानको स्तरोन्नति थालिएको हो ।
गोल्डकपका अध्यक्ष विनोद बस्नेतले रङ्गशालामा भएको झार गोड्ने, प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाउनेलगायत कार्य सुरु गरिएको बताउनुभयो । “खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता हुँदैन”, उनले भने, “यस्तो प्रतिष्ठित प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भन्ने उद्देश्यले यसको स्तरोन्नतिमा ध्यान दिइरहेका छौँ ।” रङ्गशालामा १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी गरिएको छ ।
छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न रु एक करोड ४० लाख विनियोजन गरिएको छ । उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट ‘मिडफिल्डर’, उत्कृष्ट ‘फरवार्ड’, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई नगद रु ११ हजार दिइनेछ ।
प्रतियोगितामा आयोजककोतर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबका सात र विदेशी तीन गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: