Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

द्वन्द्व पीडित चापागाईको सुन्तला बगान इलाममै बन्याे उदाहरणीय

खबरडबली संवाददाता

इलाम ।  जिल्लाका विभिन्न क्षेत्रमा सुन्तला मासिँदै गएर उत्पादनमा कमी आएका बेला इलामको एउटा बगान भने उदाहरणीय बनेको छ । बीस रोपनी क्षेत्रफलमा इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले गरेको सुन्तला खेती लोभलाग्दो छ ।

यस वर्ष उनले  १० लाखमा बगान बिक्री गरे । लटरम्म फलेका सुन्तला चाख्न, फोटो खिच्न र खेतीको तरिका सिक्न स्थानीय बगानमै पुग्न थालेका छन् । सामवेद र उनकी पत्नीलाई त्यहाँ आउने पर्यटकको घुइँचो व्यवस्थापन गर्न यतिबेला भ्याइनभ्याइ हुन्छ । पुस पहिलो सातादेखि अहिलेसम्म उनको घर वरिपरि पहेँलपुर सुन्तलाको भिडियो बनाउने, फोटो खिच्ने र सुन्तलाबारीमै रमाउनेको आउ–जाउ बाक्लो भएकाे छ ।

नगरप्रमुख केदार थापाले उनको बगानमा पुगेर अवलोकन गरेका छन् । नगरप्रमुख थापाले नगरले किसानका लागि विभिन्न अनुदान र सहयोगका कार्यक्रम वास्तविक किसानसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । “सरकारले दिने अनुदान पनि वास्तविक किसानसम्म पुग्यो भने मात्रै कृषिमा प्रोत्साहन हुन्छ”, उनले भने, “नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम ल्याएको छ, दूध, चिया, अलैँचीजस्तै सुन्तला पनि किसानको निकै सम्भावनायुक्त खेती हो भन्ने उदाहरण यो बगानले देखाएको छ ।

नगर प्रमुखसँगै बगान पुगेका इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले चापागाईंजस्ता मेहनती किसान सबैका लागि प्रेरणा भएको बताए । “हामी उपभोक्ताले पनि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने हो भने किसानलाई निकै ठूलो सहयोग पुग्छ”, पौडेलले भने, “फलफूलका रूपमा पनि आयातितलाई भन्दा स्थानीय उत्पादन नै उपभोग गर्नुपर्छ भन्ने चेतना विकास गर्नु आवश्यक छ ।”

किसान सामवेद सशस्त्र द्वन्द्वका पीडित हुन् । उनका बुबा लेखनाथको सशस्त्र द्वन्द्वकालमा हत्या भएको थियो । त्यसपछि सामवेदको परिवार जिल्लाकै नामसालिङ गाउँबाट बरबोटेमा बसाइ सरेको रहेछ । नामसालिङमै हुँदा पनि सुन्तला खेतीमा रमाएको उनको परिवार २० वर्षयता बरबोटेमा पनि सुन्तलामै सफलता हासिल गरिरहेको छ । उनको सुन्तला बगान यो सालको जिल्लाकै ठूलो बगान पनि हो । कुनै वर्ष रु तीन हजारमा बिक्री भएको सुन्तला किसान चापागाईंले यो साल रु १० लाखमा बिक्री गरेका छन् ।

सुन्तला लगाएको पहिलो वर्ष रु तीन हजारमा बिक्री गरेको सम्झँदै सामवेदले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै रु १० लाखमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिँदै गएकाले चापागाईंको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । “गत वर्ष रु चार लाखमा बिकेको यो बगानमा यस वर्ष उत्पादन राम्रो छ”, उनले भने, “धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।”

कृषि ज्ञान केन्द्रले पनि चापागाईंको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताएको छ । जिल्लामा भने सुन्तला उत्पादन घटेको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको इलाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको कर्मचारी रुजन खड्काले बताए ।

कार्यालयका अनुसार यस वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आव २०८०/८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ । गत आव २०७९/८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम–५ माइजोगमाईको नामसालिङ, रोङको वडा नम्बर–६ लगायत क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला उत्पादन भएको उनले बताए ।     

“पुरानो बोट, रोग–कीरा, मौसम परिवर्तन, समयमा काटछाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदै गएका छन्”, उनले भने, “अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन्, किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।” केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका दश स्थानीय 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending