Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा

खबरडबली संवाददाता

बाँके । बाँके र बर्दियामा पर्यटन प्रवर्द्धन गर्न नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्म साइकल यात्रा गरिने भएको छ । 

नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । उनका अनुसार यही माघ २५, २६ र २७ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ ।

साइकल यात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेको जनाउँदै अध्यक्ष सापकोटाले ‘टुर दि ठाकुरद्वारा’मा अन्तरप्रदेश साइकल यात्री र अन्तर्राष्ट्रिय साइकल यात्रीसँगै स्थानीय साइकल यात्री पनि सहभागि हुने बताए । “साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो, यस क्षेत्रमा सुरक्षित साइकल यात्रा र सहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ”, क्लबका पूर्वअध्यक्ष सतिश निरौलाले भने ।

पर्यावरण मैत्रीरुपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकल यात्राको उद्देश्य रहेको उनको भनाइ छ । “यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यले नेपालगञ्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ”, निरौलाले भने, “साइकल यात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको छ ।”

क्लबले कार्यक्रममा देशभर र भारतीय सहरबाट समेत गरी तीन सय साइकल यात्री सहभागी हुने जनाएको छ । कार्यक्रम नेपालगञ्जको वागीश्वरी मन्दिरबाट सुरु भई बाँके र बर्दियाका विभिन्न पर्यटकीय गन्तव्य छिचोल्दै बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म एक सय किलोमिटर साइकल यात्रा पूरा गर्ने क्लबका वरिष्ठ उपाध्यक्ष सुरेन्द्रद्वीप कार्कीले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, कशिस र आर्याले पनि जिते अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि...

वार्तामा हिन्दुत्ववादी संस्थाका १५ माग : छानबिनदेखि ‘हिन्दु राष्ट्र’ पुनःस्थापनासम्मका माग

काठमाडौं । सरकारसँग जारी वार्ताका क्रममा हिन्दुत्ववादी संस्थाहरूले १५ बुँदे मागपत्र प्रस्तुत गरेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषामा गृहमन्त्री सुध...

पाँच महिनामै सरकारमाथि कुलमानको प्रश्न : ‘हामीलाई धेरै कुर्नु पर्दैन’

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको स्थायित्वमाथि प्रश्न उठाउँदै पाँच वर्षका लागि बनेको सरकार पाँच महिनामै संकटतर...

३५ लाख पेस्की लिएर ठेकेदार सम्पर्कविहीन, चार वर्षसम्म घटमुना पुलको काम सुरु भएन

बाजुरा । बाजुराको गौमुल गाउँपालिकालाई सदरमुकामसँग जोड्ने महत्त्वपूर्ण घटमुना पुल निर्माण योजना चार वर्षदेखि अलपत्र परेको छ। निर्माण कम्पनीले ३५ लाख रु...

आधाभन्दा बढी सवारी दुर्घटना २५–४० वर्षका चालकबाट, तीव्र गति मुख्य कारण

चितवन । बागमती प्रदेशमा हुने सवारी दुर्घटनामध्ये आधाभन्दा बढी दुर्घटना २५ देखि ४० वर्ष उमेर समूहका चालकबाट हुने गरेको तथ्यांकले देखाएको छ। नेपाल प्रहर...

सुनसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending