Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

कांग्रेसका विद्रोही रुम्दालीको नयाँ सुरुवातः गाँजा खेतीको अध्ययन, युवा व्यवसायीलाई प्रोत्साहन

खबरडबली संवाददाता

ओखलढुंगा  । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र बहादुर रुम्दाली नेपाली काँग्रेसका विद्रोही नेता हुन् । उनी विगत देखिनै युवाहरुले अवसर पाउनु पर्ने भन्दै कांग्रेसमा विद्रोह गर्दै आएका नेता हुन् ।

उनले २०५४ देखिनै पार्टी भित्र पाकाले भन्दा युवाहरुले देशको लागि केही गर्न सक्नै भन्दै विद्रोह गर्दै आएका छन् । सँँच्चिकै भन्नु पर्दा युवा जोस जाँगरका साथ जनताको पक्षमा काम गर्ने नेताका रुपमा रहेकाम छन् । २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष निर्वाचित भएका रुम्दालीको उम्मेदवारीमा काँग्रेसले समर्थन त गर्‍यो तर कारबाही गर्नबाट बाँकी राखेन । गाउँपालिका अध्यक्ष पाएसँगै पार्टीको महाधिवेशन प्रतिनिधि र नेपाल तरुण दलको जिल्ला अध्यक्ष पद गुम्यो रुम्दालीको।

उनी अहिले पनि काँग्रेसकै पक्षमा छन् । पार्टी नेतृत्वले जनताको भावना विपरीत निर्णय गरेको बेला विद्रोह जरुरी रहेको उनी बताउँछन् । यसअघि पनि २०६४ सालको संविधानसभा निर्वाचनमा काँग्रेसले बालाराज कार्कीलाई उम्मेदवार बनायो । रुम्दालीको चित्त बुझेन । उनले स्वतन्त्र उम्मेदवार दिए । यसको बदलामा नेकपा माओवादीका बालकृष्ण ढुङ्गेल विजयी भए ।

नेपाल विद्यार्थी सङ्घको जिल्ला सभापति भएकै बखत उनले संविधानसभा सदस्यमा उम्मेदवारी दिए । रुम्दाली पराजित मात्र भएनन् नेविसंघ जिल्ला सभापति पनि गुमाए ।  केही पाउनको लागि भन्दा पनि पार्टीमा जनताको भावना नबुझ्ने काम भएको बेला विद्रोह गर्ने गरेको उनी बताउँछन् ।‘राजनीति भनेको जनताको पक्षमा हुनुपर्ने र जनताले खोजेको भन्दा फरक निर्णय पार्टीले लिने हो भने त्यो जनताको पार्टी नहुँने उनको भनाइ छ । युवाले पार्टीलाई सुधार्नको लागि पनि कहिलेकाहीँ विद्रोह गर्नै पर्ने वाध्यता हुने उनले बताए ।

भुईँ मान्छेहरू परिवर्तनको पक्षमा हुने बताउने रुम्दाली नेताले आम नागरिकको भावनाको प्रतिनिधित्व गर्नुपर्ने मान्यता राख्छन् । काँग्रेस पार्टीको नीतिलाई पुर्णरुपमा कार्यान्वयन गराउनुपर्छ भनेर लागि परेको उनले बताए । जनताले देख्ने गरी, सुन्नेगरि र बुझ्नेगरि काम गर्नुपर्ने यनको भनाइ छ । 

युवा व्यवसायीलाई प्रोत्साहन्

रुम्दाली अध्यक्ष निर्वाचित भएपछि गाउँपालिका छाड्ने कर्मचारीको लाइन लाग्यो । एक दिनमा ७ जना सम्म कर्मचारी सरुवा स्वीकृतिको लागि आउने गरेको उनले अनुभव सुनाए । आफूले पनि मन लाग्ने जति कर्मचारीलाई विना प्रश्न बिदा गरेको उनी बताउँछन् ।

रुम्दालीले विदेशबाट गएर फर्किएका युवालाई व्यवसायमा लगाउन नयाँ अभ्यास गरेका छन् । सामूहिक खेतीमा युवालाई प्रोत्साहन गर्न व्यवसायको पूर्वाधार गाउँपालिकालेनै गर्दिने गरेको छ । कसैले बाख्रा पालन गर्छ भने गाउँपालिकाले खोर बनाइने र कुखुरा वा बङ्गुर पालन गर्नेलाई दानापानी देखी खोरको व्यवस्था गरिदिने गरेको उनले बताए ।  युवाको अभावका गाउँ खाली नदेखियोस् भनेर गरिखाने वातावरण बनाउन लागेको रुम्दालीले बताए । 

अरू गाउँपालिकालाई समेत दबाब दिनेगरि काम गर्न लागेको उनले बताए । एउटा पालिकाले राम्रो काम गर्दा अरुलेपनि त्यही अनुसार गरे भने सबैतिर विकास हुने उनको बुझाइ छ ।

विध्यालयमा  जगेडा कोषकाे स्थापना

१७ वटा सामुदायिक विद्यालयमा गाउँपालिकाले लगानी गरेर क्यान्टिन खोलिदिएका छन् । क्यान्टिन सञ्चालकले विद्यार्थीलाई अर्गानीक खाजा खुवाउनुपर्ने व्यवस्था मिलाइएको छ । स्थानीयले घर छेवैमा व्यवसाय गर्ने अवसर पाएका छन् । विद्यालयको दिवा खाजामा स्थानीयकै उत्पादन खपत गराउने गरेको उनले सुनाए । भटमास, मकै, इस्कुस लगायत स्थानीय उत्पादन खुवाउने र कृषकलाई फाइदा पुराउने उनको उद्देश्य छ ।

विद्यालयलाई आर्थिक रूपमा सशक्त बनाउन जगेडा कोषको निर्माण गरेको उनी बताउँछन् । एउटा अभिभावकले प्रतिविद्यार्थी १२ सय जम्मा गर्नुपर्ने र गाउँपालिकाले थपेर कोषमा जम्मा गरिदिने गरेको उनले बताए । जसबापत विद्यालयमा लाखौँ रकम जम्मा हुने  एउटा विद्यालयमा जम्मा भएको सो रकमको आम्दानीले विद्यालयमा शिक्षक राख्ने कि भौतिक पूर्वाधार विकाश गर्ने भन्ने अभिभावकले निर्णय गर्ने उनले बताए ।

ज्येष्ठ नागरिकको लागि केयर सेन्टर खोल्ने उनको तयारी छ । ‘केयर सेन्टरले ३ महिना देखी ६ महिना सम्म दीर्घ रोगी र वृद्ध वृद्धाको उपचार र हेरचाह गर्छ । कोही गाउँ बाहिर जाने र विदेश जाने भयो भने केयर सेन्टरले बाउआमाको केयर गरिदिन्छ । यो पालिकाले निःशुल्क गर्ने हो । यसले युवा तथा गृहिणी महिलालाई राहत पुग्ने विश्वास लिएको उृनको भनाइ छ ।
 
गाँजा अनुसन्धानमा सुरुवात

कानुनले अवैध मानेको गाँजा खेतीमा उनले अनुसन्धान सुरु गरेका छन् । सङ्घीय सरकारको बजेट नीति तथा कार्यक्रममा अनुसन्धान गर्ने उल्लेख भए पनि रुम्दालीले त्यसको सुरुवात नै गरेका हुन् । गाँजा औषधि समेत भएको र यसबाट पर्याप्त आम्दानी गर्न सकिने भएकाले आफू लागिपरेको उनको भनाइ छ ।

चुरोट जस्तै तरिकाले यसको उपयोग गर्दा फाइदा हुने र प्रतिबन्ध लगाएपछि यसले अपराधको रूप लिएको उनको भनाइ छ  । गाँजाको अध्ययनको लागि अगाडि बढेको बताउँदै उनले किसानलाई प्रोत्साहन गर्ने र विदेशी बजारमा निर्यातको रूपमा बढाउने तयारी रहेको बताए  । यति भएपछि युवाले जापान कोरिया जानु नर्निे उनले बताए ।  गाँजा मात्र नभएर गाउँपालिकाले लोकल रक्सीलाई कसरी बजारीकरण गर्ने भन्ने पनि अध्ययनमा लागेको उनले बताए । 

बसाइसराइ रोक्नका लागि खानेपानीको योजना

जिल्लाको सबैभन्दा सुख्खा क्षेत्रका रुपमा रहेको यो गाउँपालिकामा खधिकांश स्थानमा खानेपानीको हाहशाकार रहेको छ । खानेपानीको अभावको कारण बसाइसराइ बढिरहेको विषयमा गाउँपलिकाले चासो दिएको उनले बताए ।

पानी मात्र नभएर अवसरको खोजीमा बसाइसराइ हुने गरेको र जुन सामान्य नभएको उनले बताए । खानेपानीको व्यवस्थापनमा गाउँपालिका गम्भीर भएर लागिपरेको उनको भनाइ छ । 

खानेपानीको लागि लिफ्टीङ गर्ने प्रेसर मेसिन राखेर काम सुरु गरेको र एकै पटक सबै जनताको घरमा पानी पुराउने लक्षकासाथ अगाडी बढीएको उनले बताए । पहिला धेरै पटक लिफ्टीङ गरेपछि मात्र घरमा पानी पुराउन सक्ने अवस्था रहेको र  हरेक स्टेपमा एउटा हेरालु राख्ने प्रचलन थियो तर अब मोबाइलबाटै अनुगमन गर्ने प्रविधिले अनुगमन गर्ने गरेको उनले बताए । यसले गर्दा हेरालु राख्दा हुने गाउँपालिकाको  मासिक लाखौँ खर्च कटौती हुने पनि उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending