Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

तेस्रो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्स प्रथम, दाङ भ्याली द्वितीय

खबरडबली संवाददाता

घोराही । दाङ भएको तेस्रो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्स लमहीका विद्यार्थी प्रथम भएका  छन् । 

दाङ घोराही-१६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा शुक्रबार कलेजको प्रांगणमा सम्पन्न भएको  तेस्रो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्सका छात्र ॠषिकेश चौधरी, साहिल चौधरी र छात्रा स्वीकृति भुषालले  २ सय २० अंक प्राप्त गर्दै   प्रथम भएका हुन्  । 

यसैगरी  प्रतियोगितामा दाङ भ्याली कलेजका छात्र पिताम्बर यादव, आयुष पोख्रेल र छात्रा एन्जिलिना डाँगीले २ सय अंक प्राप्तगरी द्वितीय स्थान हासिल गरेका छन् भने  गोर्खा स्कुल लमहीका विशाल अधिकारी, निरज शर्मा र छात्रा उपासना आलेले १ सय ९० अंक प्राप्त गरी तृतीय स्थान हासिल गरेका हुन्  । 

त्यस्तै प्रतियोगितामा गोर्खा तुलसीपुरका छात्र रिजोन बस्नेत, शिवराज वली र छात्रा अप्रेना केसीले १ सय ८० अंक प्राप्तगरी सान्त्वना स्थान हासिल गरेका थिए ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई क्रमशः नगद, मेडल र  प्रमाणपत्र वितरण गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले विद्यार्थीहरुका लागि  क्षमता अभिवृद्धि गर्नेजस्ता प्रतियोगिता आयोजना गर्ने राप्ती इञ्जिनियरिङ कलेज र प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यार्थीहरुलाई धन्यवाद गर्दै  विजयी हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 

कार्यक्रममा आदर्श मावि देउपुरका शिक्षक वसन्तराज अधिकारी गोर्खा स्कुल तुलसीपुरका विज्ञान कोर्डिनेटर विष्णुप्रसाद भण्डारी,  गुरु जरुर मावि तुलसीपुरका विज्ञान विषयका कोर्डिनेटर चन्द्र बहादुर केसी, गोर्खा स्कुल घोराहीका विज्ञान विषयका शिक्षक थम्मन बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्दै  राप्ती इञ्जिनियरिङ कलेजले दाङमा इञ्जिनियरिङ पढाइमा ठूलो भूमिका खेलेको भएको थियो ।  यस कलेजले आयोजना गरेको जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताले विद्यार्थीहरुमा  थप हसौला प्रदान गरेको र  यस्ता प्रतियोगिताले विद्यार्थी बाह्य क्षमता अभिवृद्धिसँगै बौद्धिक ज्ञानमा उत्कृष्टता थपिने उहाँहरूको भनाइ थियो । 

प्रतियोगितामा जिल्लामा रहेका  गोर्खा स्कुल घोराही, जनज्योति विद्यामन्दिर घोराही , गुरुकुल एकेडेमी घोराही, गोर्खा स्कुल तुलसीपुर, हिमाल एकेडेमी तुलसीपुर, गोर्खा स्कूल लमही, दाङभ्याली कलेज घोराही,  रोजी बर्ड्स स्कुल लमही, पद्मोदय पब्लिक नमूना मावि घोराही, पब्लिक ज्यानज्योती तुलसीपुर, मावि रझेना घोराही, आदर्श स्कूल देउपुर, सिद्धरत्ननाथ स्कुल नारायणपुर,  सिद्धार्थ एकेडेमी घोराही र  गुरुजजुर मावि तुलसीपुर गरी  १५ वटा विद्यालयका विद्यार्थीहरुले  सहभागी जनाएका थिए । 

कलेजले बिगत तीन वर्षदेखि निरन्तर रुपमा जिल्लास्तरीय  हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । कार्यक्रमलाई थप व्यवस्थित र रमणीय बनाउका लागि कलेजका विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेको थिए । 

कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा। भिमसेन गिरीको अध्यक्षता एवं घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्रीन्सीपल रेशम गिरी, जिल्लामा रहेका कलेज तथा विद्यालयका प्राचार्य र प्रतिनिधि र विद्यार्थीहरुको सहभागी रहेको थियो । 

कलेजका डाइरेक्टर मधुसूदन वैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण कलेजका  आइटी विभाग प्रमुख  विश्ववन्धु थापाले गरेका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending