काठमाडौं । राष्ट्रियसभा, प्रत्याजित व्यवस्थापन समितिले ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८० माथि दफाबार छलफल गरेको छ ।
समितिको विहीबारको बैठकमा विधायन तर्जुमा, प्रकाशन तथा प्रत्यायोजित विधायनमा एकरुपता कायम गर्ने सम्बन्धमा ल्याएको उक्त विधेयकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको उपस्थितिमा छलफल भएको हो ।
समितिले उक्त विधेयकमा परिच्छेद ४ को ‘विधायन अभिलेख तथा प्रकाशन’ बाहेक सबै परिच्छेदमा दफाबार छलफल गरेको छ । यसअघि समितिले परिच्छेद २ को दफा ६ सम्म दफावार छलफल गरिसकेको थियो । परिच्छेद ४ भने आउने आइतबार हुने समिति सभापति जयन्तीदेवी राईले जनाइन् ।
बैठकमा विधेयकमा संशोधन प्रस्तावकर्ता डा खिमलाल देवकोटा, देवेन्द्र दाहाल, मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाललगायतले दफावार छलफलमा संशोधन प्रस्ताव गरेका थिए । बैठकमा संशोधनकर्ता तथा समिति सदस्यले प्रत्यायोजित विधायन मूल कानुनअन्तर्गत रही प्रत्यायोजित विधायनको सिद्धान्तभित्र रहनुपर्ने, मौजुदा कानुनको परिधिभित्र रहेर सरकारले मातहतको निकायलाई निर्देशन दिनुपर्ने, कुनै पनि निकायले ऐनबाट अधिकार प्रत्यायोजन गरेकोमा बाहेक पुनः प्रत्यायोजित विधायन बनाई जारी गर्न नमिल्नेमा कडाइ गर्नुपर्ने, सङ्घीय ऐनबमोजिम प्रत्यायोजित विधायन जारी भएको ३० दिनभित्र समितिको जानकारीको लागि सम्बन्धित मन्त्रीले समितिलाई एकप्रति सहित डिजिटल कपी उपलब्ध गराउनुपर्नेलगायतका विषय उठान गरेका थिए ।
विधेयक संसद्मा पेश गर्नु अघि पूरा गर्नुपर्ने प्रक्रिया तथा प्रत्यायोजित विधायन जारी गर्दा अपनाउनुपर्ने प्रक्रिया विषयका सम्बन्धमा विधेयकमा उल्लेख गरिएको छ । जुन किसिमको विधेयक सरकारले पहिलो पटक ल्याएको हो ।
कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रियसभामा दर्ता भएको थियो । राष्ट्रियसभाको प्रत्यायोजित विधायन तथा सरकारी आवश्वासन समितिले पहल गरी सरकारलाई विधेयकको मस्यौदासमेत उपलब्ध गराई सोबमोजिमको कानुन ल्याउन पहल भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: