Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

सात वर्षमा सकिएन फलफूल चोक–पोखरी सडक निर्माण

खबरडबली संवाददाता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित फलफूलचोक–बालुवाडाँडा–बोझापोखरी सडक निर्माण सुरु भएको सात वर्ष बितेको छ । 

जिल्लाको पहाडी क्षेत्रलाई सदरमुकामसँग जोड्ने सडकका रुपमा रहेको यस सडक सात वर्ष पूरा हुँदासमेत निर्माण सम्पन्न हुन नसकेको हो । फलफूल चोक–बालुवाडाँडा–बोझापोखरी बीस किलोमिटर सडक निर्माण विसं २०७४ मा अघि बढेको थियो । 

बीस किलोमिटरमध्ये १४ किलोमिटरसम्म कालोपत्रे गर्ने र छ किलोमिटरमा सव बेससम्मको काम गर्ने गरी सन्तोषी–रौताहा–हरिहरि जेभिले सम्झौता गरेको थियो । करिब रु ४० करोडको लागतमा स्तरोन्नति अघि बढाएको यो खण्डमा अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर हिमांशु कुँवरले बताए । 

यस खण्डको पछिल्लोपटक थपिएको म्याद गत चैतमा सकिएको छ । अहिले म्याद थप नभए पनि निर्माण कम्पनीले काम गरिरहेको इन्जिनियर कुँवरले बताए । बीस किलोमिटरमध्ये करिब सात किलोमिटरमा कालोपत्रेको काम भएको छ । सात किलोमिटरमा नाला निर्माण  गर्ने र सब बेसको काम भएको उनले बताए । बाँकी छ किलोमिटरमा केही क्षेत्रमा पहिरोले क्षति पुर्‍याएकाले सफा गरेर काम सब बेसको काम गर्न बाँकी छ । 

निर्माण कम्पनीले नियमित काम गरे असारसम्ममा निर्माण सम्पन्न हुन इन्जिनियर कुँवरले बताए । “बिचमा छ/सात महिना ठेकेदार सम्पर्कमा नआएर काम रोकिएको हो, नियमित काम गरे असारसम्ममा सक्ने योजना छ”, उनले भने । एकैपटक निर्माण सुरु भएको पोखरी–कोखेटार सडक भने गत वर्ष नै निर्माण सकिएको छ । 

पहिलो खण्डमा पाङ्गे क्षेत्रमा पहिरोका कारण काम गर्न असजिलो रहेको इन्जिनियर कुँवरले बताए । यस खण्डमा हालकै सम्झौताबाट पहिरो नियन्त्रण गर्न नसकिने उनले बताए । “पाङ्गे्र खण्डमा पहिरोको जोखिम छ, यसको नियन्त्रणका लागि छुट्टै अध्ययन तथा लागत अनुमान गरी काम गर्नुपर्ने देखिएको छ”, कुँवरले भने । 

कावासोतीको फलफूल चोकबाट सुरु हुने यो सडक बालुवाडाँडा, कुमसोत, पोखरी हुँदै बुलिङटारस्थित कालीगण्डकी करिडोरको कोखेटारमा जोडिन्छ । यस सडक निर्माण सम्पन्न हुँदा जिल्लाको पहाडी क्षेत्रका पालिका बुलिङटार, बौदीकाली र हुप्सेकोटको केही वडाका बासिन्दालाई सदरमुकाम कावासोती आउन सहज हुनेछ । साथै कावासोतीबाट कालीगण्डकी करिडोर पुगेर तनहुँको भिमाद, खैरेनीटार हुँदै पोखरा जानसमेत सहज हुनेछ । 

जिल्लाका लागि महत्वपूर्ण सडक भएकाले निर्माण जतिसक्दो चाँडो हुनुपर्ने जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको भनाइ छ । केही दिनअघि मात्रै आफूले बालुवाडाँडा क्षेत्रमा बाटो निर्माणको निरीक्षण गरी सक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गरेको उनले बताए । 

यो बाटो निर्माणको काम सकिँदा पहाडी क्षेत्रबाट सिधै सदरमुकाम आउन सहज हुने हुँदा यसले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा सुविधा मात्रै नभएर सो क्षेत्रका कृषिउपजको बजारीकरणमा समेत सहयोग पुग्ने जिसस प्रमुख विश्वकर्माले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE