Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

आवश्यक कानून बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती: सांसद विसी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा ९एमाले०का तर्फबाट राष्ट्रियसभा सदस्य सुमित्रा विसी संविधान जारी भएको लामो समय हुँदा पनि आवश्यक कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती थपिएको बताउँछिन्  ।

अखिल नेपाल महिला सङ्घकी उपाध्यक्षसमेत रहेकी विसी कतिपय कानुन राजनीतिक दलबीच सहमति र समन्वय अभावका कारण पनि बन्न नसकेको तर्क गर्छीन् । “मुलुकको नेतृत्व गर्नेका लागि जनताको आधारभूत विषय मुख्य हुन् तर कानून नबन्दा आधारभूत अधिकार प्राप्तिका लागि पनि समस्या भएको छ”, उनले भिनन्, “प्रदेशहरुले सङ्घीयताको पूर्णरुपमा अभ्यास गर्न पाएका छैनन् ।”   

सांसदहरुको प्रमुख भूमिका विधायिकाको हो । त्यसपछि विकास निर्माणमा पनि चासो दिनुपर्छ । सांसदलाई निर्वाचन क्षेत्रमा विकास नगर्ने हो भने चुनाव हारिन्छ भन्ने लागेको हुनसक्ने उनको बुझाइ छ । “सांसदहरु पनि कानून बनाउने भन्दा बढी विकास निर्माणका साना काममा अल्झिएको हो कि भन्ने देखिन्छ”, उनले भिनन्, “मतदातामा पनि सांसदहरुले यही आउनुपर्छ र विकास निर्माणमा प्रत्यक्ष सहभागी हुनुपर्छ भन्ने सोच बढी हावी छ ।”  

यद्यपि जनताले विकास निर्माणका काममा आफ्ना जनप्रतिनिधिको मुख ताक्नु स्वभाविक भएको उनको भनाइ छ । “जनताका माग त्यति धेरै र ठूला छैनन, रोजगारी, शिक्षा, स्वास्थ्य नै हुन्”, उनले भिनन्, “सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडकका क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराउन पनि सक्नुपर्छ ।” 

दैनिक हजारौँ नेपाली रोजगारी र अध्ययनका नाममा विदेशिएकोप्रति चिन्ता व्यक्त गर्दै नेत्री विसीले उनीहरुलाई नेपालमै रोक्नका लागि ठोस नीति लिनुपर्ने उनी बताउँछिन् । “गाउँका खेतबारी बाँझै राखेर विदेश जानु बाध्यता पनि छ”, उनले भनिन्, “समयमै किसानलाई मल बीउ दिन सकिएको छैन । निःशुल्क भनिएका औषधि पनि किन्नुपर्ने अवस्था छ ।” 

राष्ट्रियसभा सदस्यका रुपमा चार वर्ष काम गरिसक्दा पनि आफ्नो भूमिकामा विसी सन्तुष्ट हुनुहुन्छ । राष्ट्रियसभालाई स्थायीसभा भनिए पनि त्योअनुसार काम हुन नसकेको उनको अनुभव छ । “राष्ट्रियसभालाई स्थायी सदन भनिएको छ तर प्रतिनिधिसभासँगै आह्वान प्रारम्भ हुने र सँगै बन्द हुनु राम्रो होइन”, उनले भनिन्, “राष्ट्रियसभाले आफू अनुकूल काम गर्न पाउँदैन भने सदन कसरी स्थायी भयो रु”, उनले प्रश्न गरिन् ।

विसी राष्ट्रियसभाको प्रयात्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रही काम गरिरहेकी छन् । “समितिमा मन्त्री र जिम्मेवार कर्मचारीलाई बोलाएर छलफल गरिन्छ, तर उहाँहरुले काम हुन्छ र हुँदैछ भनेर आश्वासन मात्रै दिनुहुन्छ”, उनले समितिको अनुभव सुनाउँदै भनिन्, “नीति एउटा, कार्यक्रम अर्को भइरहेको हो कि भन्ने लाग्छ ।” 

उनी राष्ट्रिय गौरवका आयोजना नै राम्ररी अघि बढ्न नसक्नु राम्रो नभएको बताउँछिन् । “विद्युत प्रसारण लाइन निर्माणका लागि वनले रोक्ने, विकास निर्माणका काममा अदालतले रोक्ने, एउटा मन्त्रालय र अर्को मन्त्रालयलबीच समन्वय नहुनु नीतिगत कमजोरी हो”, उनले भनिन् । 

सुर्खेत खानीखोला वडा नं २ चोल्पामा २०१७ पुस २७ गते जन्मीएकी सांसद विसी २०२८ सालदेखि पञ्चायतविरुद्ध पर्चा तथा पम्प्लेट वितरणको काम गर्दै बालक सङ्गठनमा सङ्गठित भएकी हुन् । उनी विसं २०३५ मा नेकपा ९माले० गाउँ सङ्गठन कमिटीमा आबद्ध भएर काम गरेकी थिइन् । विसं २०३६ देखि विद्यार्थी आन्दोलनमा लाग्दै उनले २०३९ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेकी हुन् ।

उनले २०३९ सालदेखि २०४२ सम्म बाँकेको पश्चिम र बर्दियाको पूर्वी क्षेत्रको इलाका नेकपा ९माले० सङ्गठन कमिटीको सचिव भएर काम गरेकी थिइन् । विसं २०४२ देखि २०४३ सम्म सुर्खेतमा नेकपा मालेको नगर कमिटी सदस्य भएर काम गरेको उनमा अनुभव छ । विसं २०४९ नेकपा माले पार्टीको पाँचैँ महाधिवेशन प्रतिनिधि, विसं २०५४ को छैटौँ महाधिवेशन प्रतिनिधि, २०५९ को सातौँ महाधिवेशन प्रतिनिधि, विसं २०६५ को आठौँ महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।

विसं २०५४ मा पार्टी विभाजनपछि नेकपा मालेको राष्ट्रिय परिषद् सदस्य भएकी उनी  विसं २०६२/०६३ को जनआन्दोलनमा पटकपटक गिरफ्तार भएकी थिइन् । सुमित्राले विसं २०७१ को महाधिवेशनको केन्द्रीय सदस्य उम्मेदवार भई थोरै मतले पराजित भएकी थिइन् । विसं २०५४ मा विरेन्द्रनगर नगरपालिकाको बोर्ड सल्लाहकार रहेकी थिइन् । विसं २०७३ मा नेकपा एमाले पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण परीक्षामा सफलता प्राप्त गरेकी थिइन् ।

शिक्षण पेसा गरेकी सांसद विसीलइ  राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी भएर काम गर्दा परीक्षणकालको समयमा राजनीतिक चार्ज लगाएर निकालिएको थियो । मुलुकमा प्रजातन्त्रको स्थापना भएपछि जागिर पुनःस्थापना भयो । सांसद विसी समाजसेवा र राजनीतिमा सक्रियरूपमा काम गरिन् । उनी अहिले अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ०को उपाध्यक्ष रहेकी छन् ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending