Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

आवश्यक कानून बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती: सांसद विसी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा ९एमाले०का तर्फबाट राष्ट्रियसभा सदस्य सुमित्रा विसी संविधान जारी भएको लामो समय हुँदा पनि आवश्यक कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती थपिएको बताउँछिन्  ।

अखिल नेपाल महिला सङ्घकी उपाध्यक्षसमेत रहेकी विसी कतिपय कानुन राजनीतिक दलबीच सहमति र समन्वय अभावका कारण पनि बन्न नसकेको तर्क गर्छीन् । “मुलुकको नेतृत्व गर्नेका लागि जनताको आधारभूत विषय मुख्य हुन् तर कानून नबन्दा आधारभूत अधिकार प्राप्तिका लागि पनि समस्या भएको छ”, उनले भिनन्, “प्रदेशहरुले सङ्घीयताको पूर्णरुपमा अभ्यास गर्न पाएका छैनन् ।”   

सांसदहरुको प्रमुख भूमिका विधायिकाको हो । त्यसपछि विकास निर्माणमा पनि चासो दिनुपर्छ । सांसदलाई निर्वाचन क्षेत्रमा विकास नगर्ने हो भने चुनाव हारिन्छ भन्ने लागेको हुनसक्ने उनको बुझाइ छ । “सांसदहरु पनि कानून बनाउने भन्दा बढी विकास निर्माणका साना काममा अल्झिएको हो कि भन्ने देखिन्छ”, उनले भिनन्, “मतदातामा पनि सांसदहरुले यही आउनुपर्छ र विकास निर्माणमा प्रत्यक्ष सहभागी हुनुपर्छ भन्ने सोच बढी हावी छ ।”  

यद्यपि जनताले विकास निर्माणका काममा आफ्ना जनप्रतिनिधिको मुख ताक्नु स्वभाविक भएको उनको भनाइ छ । “जनताका माग त्यति धेरै र ठूला छैनन, रोजगारी, शिक्षा, स्वास्थ्य नै हुन्”, उनले भिनन्, “सरकारले शिक्षा, स्वास्थ्य, खानेपानी, सडकका क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराउन पनि सक्नुपर्छ ।” 

दैनिक हजारौँ नेपाली रोजगारी र अध्ययनका नाममा विदेशिएकोप्रति चिन्ता व्यक्त गर्दै नेत्री विसीले उनीहरुलाई नेपालमै रोक्नका लागि ठोस नीति लिनुपर्ने उनी बताउँछिन् । “गाउँका खेतबारी बाँझै राखेर विदेश जानु बाध्यता पनि छ”, उनले भनिन्, “समयमै किसानलाई मल बीउ दिन सकिएको छैन । निःशुल्क भनिएका औषधि पनि किन्नुपर्ने अवस्था छ ।” 

राष्ट्रियसभा सदस्यका रुपमा चार वर्ष काम गरिसक्दा पनि आफ्नो भूमिकामा विसी सन्तुष्ट हुनुहुन्छ । राष्ट्रियसभालाई स्थायीसभा भनिए पनि त्योअनुसार काम हुन नसकेको उनको अनुभव छ । “राष्ट्रियसभालाई स्थायी सदन भनिएको छ तर प्रतिनिधिसभासँगै आह्वान प्रारम्भ हुने र सँगै बन्द हुनु राम्रो होइन”, उनले भनिन्, “राष्ट्रियसभाले आफू अनुकूल काम गर्न पाउँदैन भने सदन कसरी स्थायी भयो रु”, उनले प्रश्न गरिन् ।

विसी राष्ट्रियसभाको प्रयात्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रही काम गरिरहेकी छन् । “समितिमा मन्त्री र जिम्मेवार कर्मचारीलाई बोलाएर छलफल गरिन्छ, तर उहाँहरुले काम हुन्छ र हुँदैछ भनेर आश्वासन मात्रै दिनुहुन्छ”, उनले समितिको अनुभव सुनाउँदै भनिन्, “नीति एउटा, कार्यक्रम अर्को भइरहेको हो कि भन्ने लाग्छ ।” 

उनी राष्ट्रिय गौरवका आयोजना नै राम्ररी अघि बढ्न नसक्नु राम्रो नभएको बताउँछिन् । “विद्युत प्रसारण लाइन निर्माणका लागि वनले रोक्ने, विकास निर्माणका काममा अदालतले रोक्ने, एउटा मन्त्रालय र अर्को मन्त्रालयलबीच समन्वय नहुनु नीतिगत कमजोरी हो”, उनले भनिन् । 

सुर्खेत खानीखोला वडा नं २ चोल्पामा २०१७ पुस २७ गते जन्मीएकी सांसद विसी २०२८ सालदेखि पञ्चायतविरुद्ध पर्चा तथा पम्प्लेट वितरणको काम गर्दै बालक सङ्गठनमा सङ्गठित भएकी हुन् । उनी विसं २०३५ मा नेकपा ९माले० गाउँ सङ्गठन कमिटीमा आबद्ध भएर काम गरेकी थिइन् । विसं २०३६ देखि विद्यार्थी आन्दोलनमा लाग्दै उनले २०३९ सालमा पार्टीको सङ्गठित सदस्यता प्राप्त गरेकी हुन् ।

उनले २०३९ सालदेखि २०४२ सम्म बाँकेको पश्चिम र बर्दियाको पूर्वी क्षेत्रको इलाका नेकपा ९माले० सङ्गठन कमिटीको सचिव भएर काम गरेकी थिइन् । विसं २०४२ देखि २०४३ सम्म सुर्खेतमा नेकपा मालेको नगर कमिटी सदस्य भएर काम गरेको उनमा अनुभव छ । विसं २०४९ नेकपा माले पार्टीको पाँचैँ महाधिवेशन प्रतिनिधि, विसं २०५४ को छैटौँ महाधिवेशन प्रतिनिधि, २०५९ को सातौँ महाधिवेशन प्रतिनिधि, विसं २०६५ को आठौँ महाधिवेशन प्रतिनिधि भएकी थिइन् ।

विसं २०५४ मा पार्टी विभाजनपछि नेकपा मालेको राष्ट्रिय परिषद् सदस्य भएकी उनी  विसं २०६२/०६३ को जनआन्दोलनमा पटकपटक गिरफ्तार भएकी थिइन् । सुमित्राले विसं २०७१ को महाधिवेशनको केन्द्रीय सदस्य उम्मेदवार भई थोरै मतले पराजित भएकी थिइन् । विसं २०५४ मा विरेन्द्रनगर नगरपालिकाको बोर्ड सल्लाहकार रहेकी थिइन् । विसं २०७३ मा नेकपा एमाले पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षक प्रशिक्षण परीक्षामा सफलता प्राप्त गरेकी थिइन् ।

शिक्षण पेसा गरेकी सांसद विसीलइ  राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी भएर काम गर्दा परीक्षणकालको समयमा राजनीतिक चार्ज लगाएर निकालिएको थियो । मुलुकमा प्रजातन्त्रको स्थापना भएपछि जागिर पुनःस्थापना भयो । सांसद विसी समाजसेवा र राजनीतिमा सक्रियरूपमा काम गरिन् । उनी अहिले अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ०को उपाध्यक्ष रहेकी छन् ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending