Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

टोखा चण्डेश्वरीमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु भएको छ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।

चालू आवमा स्वीकृत कार्यक्रमअन्तर्गत ३० वर्ष वा सोभन्दा बढी उमेर समूहका नागरिकलाई प्रत्येक हप्ताको बुधबार बिहान ८ देखि १० बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिने अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा सुजाता नगरकोटीले जानकारी दिइन् । उनका अनुसार उक्त कार्यक्रम बुधबारदेखि सुरु भएको हो ।

स्वास्थ्य परीक्षणअन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा रोगसम्बन्धी जानकारी लिने, दम, खोकीसम्बन्धी जाँच, तौल तथा उचाइ र पेटको मोटाइसम्बन्धी जाँच, रक्तचाप, पिसाब परीक्षण, रगत जाँच गरिने डा नगरकोटीले बताए । 

हरेक बुधबार दिशामा रगतको सुक्ष्म जाँच, रगतको सम्पूर्ण जाँच, मिर्गाैला, कलेजो तथा फोक्सोको जाँच, लिपिड प्रोफाइल, छातिको एक्सरे, अल्ट्रासाउण्ड, इसिजी र परामर्श सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । 

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद पाठकले स्थायी बसोबास रहेको ठेगाना खुल्ने कागजातकोे प्रतिलिपी लिएर सेवा सेवा लिन सकिने बताए । उनका अनुसार अस्पतालले प्रत्येक हप्ता ३० जनालाई सेवा प्रदान गर्नेछ ।

सेवा लिँदा अस्पतालमा उपस्थित भई नाम दर्ता गर्नुपर्ने, स्वास्थ्य परीक्षणका लागि आउने दिनमा खाली पेट आउनुपर्ने, रोगका बारेमा पहिल्यै पहिचान भएका बिरामीलाई भने उक्त सेवा प्रदान नगरिने अस्पतालले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ ।  नजिकैका...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।  ...

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् ।  आज यहाँ आयोजित  संवाद कार्यक्...

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

काठमाडौं । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टका अनुसार मेजियु शहर र...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हालेर ...

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । य...

देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौं । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ ...

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ ...

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२...

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies