Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

भदौदेखि लेखा विषयको अध्यापन नहुँदा विद्यार्थी आन्दोलित

खबरडबली संवाददाता

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर ६ मा अवस्थित श्री महात्मा बुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीहरुले ताला लगाएका छन ।  कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले लेखा विषयको कक्षा सञ्चालन नभएको भन्दै विद्यालयको प्रशासन र प्रधानाध्यापकको कक्षमा ताला लगाएका हुन् । 

प्रावि तहमा दरबन्दी रहेका शिक्षक सदरे आलम अवकास प्राप्त भएदेखि भदौदेखि लेखा विषय पढ्न नपाएको भन्दै विद्यार्थीहरुले सामुहिक रुपमा ताला लगाएका हुन् । लामो समयदेखि विद्यालयमा लेखा विषयको शिक्षक नहुँदा पठनपाठन नभएकोले नजिकिदै गरेको फाइनल परिक्षा कसरी दिनमा चिन्तित रहेको विद्यार्थीहरुले भने । 

पटक–पटक माग राख्दा समेत पहल नभए पछि हाम्रो भविष्य नै अन्योल हुने देखिएकोले प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेको विद्यार्थीहरुले बताए । हाम्रो भविष्य माथिनै खेलवाड भइरहेको छ विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन वा सरोकारवाला निकायले चासो दिनुपर्ने उनीहरुले भने । 

शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुँदै गएको र आउने परीक्षामा के लेख्ने कसरी पास हुने भन्नेमा विद्यार्थी चिन्तित छन् । फाइनल परीक्षा नजिकिँदै गर्दा समेत विद्यालय व्यवस्थापन समितिले विषय शिक्षक उपलब्ध नगराएको कारण पढाई हुन सकेको छैन । 

कक्षा ९ मा ३७ जना र कक्षा १० मा ४३ जना विद्यार्थी भर्ना भएको अधिकांस विद्यार्थी लेखा विषय ऐच्छिकमा लिएर पढ्दै आएका थिए । अहिले कक्षा ९ मा २९ जना र कक्षा १० मा २६ जना विद्यार्थी ले लेखा विषय शिक्षक नभएकै कारण पढ्न पाएका छैनन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेश यादवले विद्यार्थीको पढाइ प्रभावित भएको कुरा सम्बन्धित ठाउँमा अवगत गराएका बताए । विद्यालयमा भदौसम्म केही पाठहरु मात्रै पढेका विद्यार्थीहरुले त्यसयता कुनै पनि लेखा विषयको कक्षा लिएका छैनन् । 

विद्यालयको व्यवस्थापन समितिले विषय शिक्षक नभएपछि सिताराम कोइरी र नारायण ज्ञवालीलाई अध्यापनका लागि सहमति दिएको थियो । २०८० पुस १४ गते सहमति दिए पनि अन्तरजिल्ला भएको कारण उनीहरुले नआएपछि विद्यालय व्यवस्थापन समितिले जिल्लाकै वीरेन्द्र यादवलाई सहमति दिएको थियो । 

विद्यालय व्यवस्थापन समितिमा सदस्यको रुपमा वडाध्यक्ष समेत रहने भएको यादवको सहमतिमा सिद्धार्थनगर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष विरेन्द्र श्रीवास्तवको हस्ताक्षर नभएकोले उनी आउन सकेका थिएनन् । 

विद्यालयका प्राधानाध्यपक प्रविन श्रीवास्तवका अनुसार व्यवस्थापन समितिले पुनः २०८० माघ १५ गते बैठक बसी सहमतिका लागि निर्णय गरेको बताए । नगरपालिकाको शिक्षा शाखाको कारण शिक्षक आउनमा ढिलाई भइरहेको छ । विद्यालयमा माध्यमिक तहको विज्ञान र निम्न माध्यमिक तहको नेपालीको शिक्षक पनि काज सरुवा भई गएपनि ति ठाँउमा थप शिक्षक आएका छैनन् । 

सिद्धार्थनगर शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले  महात्मा बुद्ध माध्यमिक विद्यालयमा लेखा विषयको पढाइ भदौदेखि नभएको भन्ने कुनै जानकारी नभएको बताए । यता विद्यालयले बैठक र पत्रमार्फत शिक्षकको माग गरेको दाबी गर्दै आएका छन् । शैक्षिक सत्रको सकिन लाग्दा, परीक्षा नजिकिँदै गर्दा भने विद्यार्थीमा शिक्षक आउला नआउला भन्नेमा अन्योलता छ । 
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE