Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

हेलम्बु जिप दुर्घटनाः घाइते पाँच जनाको हेलिकप्टरबाट उद्धार

खबरडबली संवाददाता

सिन्धुपाल्चोक ।  हेलम्बु गाउँपालिका–१ स्थित झिचेन मिलारेपा दर्शनको लागि जाँदै गरेको जिप दोरिङ भिरबाट खस्दा भएको दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाकाअनुसार गम्भीर घाइते भएका चालकसहित चार भूटानी नागरिकलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको हो ।

हेलम्बुस्थित प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि स्वास्थ्यकर्मीको सल्लाहअनुरुप उनीहरुलाई काठमाडौंस्थित राष्ट्र्रिय ट्रमा सेन्टर लगिएको अध्यक्ष हेर्पाले बताए । उनीहरुलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्दार गरी काठमाडौं पठाइएको गाउँपालिकाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

गाउँपालिकामा आएका पर्यटक भएकाले गाउँपालिकाले जिम्मा लिएर उपचारको लागि खटेका  गाउँपालिका अध्यक्ष शेर्पाले भने । इलाका प्रहरी कार्यालय हेलम्बुको तंथ्याकअनुसार घाइते चालक ४५ वर्षका रामचन्द्र भण्डारी हेलम्बुको चनौटेका हुन् ।

अन्य भूटानी नागरिक ६५ वर्षिया गाची, ७४ वर्षीया हिसी, ४३ वर्षीय फछिरि र ५५ वर्षीया फुछिको टाउको, हातगोडामा गहिरो चोट लागेको छ । बुधबार चार वटा जिपमा सवार भएर २९ जना भुटानी तिर्थालु पर्यटक मिलारेपाको दर्शनका लागि आएका थिए । जसमध्ये एउटा जिप बा २ च ४४५० नम्बरको टोयटा जिपमा एक स्थानीय चालकबाहेक पाँच भुटानी सवार थिए ।

त्यही दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको थियो । ट्रमा ध्यानको लागि चचिर्त मिलारेपाको गुफा र गुम्बा जाने कच्ची बाटोबाट अनियन्त्रित भएर ठूलो आवाज गरेर जिप ५० मिटर तल खसेको थियो । डरलाग्दो आवाज सुनेपछि सुरक्षाकर्मी, स्थानीय र जनप्रतिनिधि उद्धारमा खटिएका थिए ।

सिन्धुपाल्चोकमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE