Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

चिकित्सक उत्पादन गर्न विश्वविद्यालय स्थापना हुन्छ:मुख्यमन्त्री जम्कट्टेल

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक उत्पादनका लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको बताए । 

रिपोर्टस क्लब मकवानपुरद्वारा मंगलबार आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आबद्ध गराउन सरकारले सञ्चार रजिस्टारमार्फत नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । 

पत्रकार महासङ्घ पनि उक्त अभियानलाई गतिशील बनाउनतर्फ लाग्नुपर्ने उनले उल्लेख गरे । प्रदेशका सबै जिल्लामा कृषि उत्पादनलाई प्राथमिकता दिएर किसानलाई बढीभन्दा बढी सहभागी गराउन प्रदेश सरकारले कार्यक्रम अघि बढाएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा आर्थिक समृद्धि तथा पूर्वाधार निर्माणमा जोड दिन प्रदेश सरकारले नयाँ नीति तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । 

पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राख्न आग्रह गर्दै उहाँले राष्ट्रियता र प्रजातन्त्रको सम्वर्द्धनका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए । 

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला, नेपाल पत्रकार महासङ्घ बागमतीका पूर्वअध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि सबै सञ्चारकर्मी एक हुन आग्रह गरेका थिए । 
–––

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ । वायु प्रदूषणले आकाश धुम्मिएको छ ।  नजिकैका...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।  ...

संसद्को कार्यकालभरि यही राजनीतिक समीकरण रहन्छ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै रहने बताएका छन् ।  आज यहाँ आयोजित  संवाद कार्यक्...

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु

काठमाडौं । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भत्किँदाभासिँदा २४ जनाको मृत्यु भएको छ ।  मिडिया रिपोर्टका अनुसार मेजियु शहर र...

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ ।  भाडाको जग्गा टहरो हालेर ...

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि इजराइलको युद्धविराम प्रस्तावको ‘अत्यन्त कम समयभित्र’ प्रतिक्रिया दिने बताएका छन् । य...

देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौं । देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ ...

बाँकेमा आगलागीबाट २५ लाख बराबरको क्षति

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी भएको छ । बालापुरका स्थानीय चुनलाल थारु, कमला गिरी र तुलसा गिरीको दुई गोठ ...

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२...

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं । ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि ओमानले आकिब इ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies