काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दामा सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । ललितपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको ‘उपभोक्ता हित र सुशासन’बारे सांसदसँग गरेको अन्तरक्रिया उनले पार्टी, देश र जनताको हितसँग सम्बन्धित विषयमा जनतालाई पनि जोड्नुपर्ने आवश्यकता औँल्याए ।
उनले सांसदलाई उपभोक्ता हितसँग सम्बन्धित धेरै विषय रहेका र ती विषय सदनमा पनि उठाउनु आवश्यक रहेको भन्दै सदनमा मुद्दा उठाउँदा विषय केन्द्रित भएर व्यवस्थित प्रस्तुतिको योजना बनाउन आग्रह गरे ।
कार्यक्रममा उपभोक्ता हित तथा सुशासनसम्बन्धी जानकार ज्योति बानियाँ र विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ताहरू हरेक क्षेत्रमा मर्कामा परिरहेको बताए । कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठ, प्रतिनिधिसभामा प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, संसद्को दुवै सदनअन्तर्गतका विभिन्न समितिमा रहेका सांसदको सहभागिता थियो ।
विभाग प्रमुख जितु गौतमले उपभोक्ता हित तथा सुशासनका विभिन्न क्षेत्र छुट्याई विभागका सदस्यलाई कार्य विभाजन गरिएको जानकारी गराउँदै सांसदलाई आवश्यक पर्ने सहयोग विभाग र विभागका सदस्यबाट प्राप्त हुने व्यवस्था गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: