सिन्धुपाल्चोक । लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । २०६७ सालदेखि निर्माण बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको थियो ।
नेसनल हाइड्रोले बत्ती उत्पादनपश्चात् सरकारलाई रु ६२ करोड तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो । ४ दशमलब ५ मेगावाट क्षमताको आयोजनाको तीन किलोमिटर सुरुङमध्ये दुई हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।
विसं २०८२ सालभित्र निर्माण सम्पन्न गरी उत्पादन गर्ने लक्ष्य लिएर आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सुरुङमा विस्फोटक पदार्थ पड्काएर कामको पुनः सुरुआत गरिएको नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निमाणका लागि स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तत्पर रहेको जनाउँदै सहज ढङ्गले आयोजनाको काम सम्पन्न गर्न सहकार्य गर्ने बताए ।
यस्तै उपप्रमुख उमा प्रधानले आयोजनाले स्थानीयको जीवन स्तरमा सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने र राजगारीको अवसर सृजना हुँदा युवा विदेशिने क्रमलाई केही हदसम्म रोक्ने बताइन् ।
आयोजनाबाट मेलम्ची नगरपालिका–७, ८, ९, १० र ११ का प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ । जलविद्युत् आयोजना निर्माणका लागि प्रतिमेगावाट २५ करोड खर्च अनुमान गरेको कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: