Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

चन्द्रागिरिद्वारा सहकारीको क्षमता विकास गर्न प्रशिक्षण सामग्री जारी

खबरडबली संवाददाता

काठमाडौं । नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं प्रशिक्षणलाई फरक ढङ्गबाट सञ्चालन गर्न सुरुआत गरेको छ । 

हाल नगर क्षेत्रका विभिन्न विषयका करिब एक सय ४० सहकारी संस्था  छन् । प्रशिक्षणका लागि नगरपालिकाले  ‘डिजिटल वेब’मा आधारित ‘प्लेट फर्म’ अर्थात्  विद्युतीय प्रशिक्षण स्रोत सामग्री तयार गरी कार्यान्वयनमा ल्याएको हो ।  नगरपालिकाले प्रशिक्षण सामग्री सहकारी संस्थाका कार्यसमिति, व्यवस्थापक तथा अध्ययन गर्न चाहने अन्य सदस्यलाई उपलब्ध गराएको छ । 

सामग्रीभित्र सहकारी सञ्चालन, कर, नेतृत्व विकास, संस्थागत सुशासनलगायत ४० विषयवस्तु रहेका छन् । सरकारका पूर्वसचिव, सहकारी क्षेत्रका उच्च व्यवस्थापक, प्राध्यापकलगायतले ती सामग्री तयार पारेका हुन् । ती सामग्रीको अवधि एक सय ५० घण्टा अवधिको छ । ती सामग्री प्रयोगकर्ताले आफ्ना ‘डिजिटल’ माध्यमबाट जुनसुकै समयमा पनि पढ्न, हेर्न र सुन्न सक्नेछन् । 

नगरपालिकाले हल तथा कोठाभित्र सञ्चालन हुने सहकारी सञ्चालनसम्बन्धी प्रशिक्षण तथा तालिमको विकल्पमा विद्युतीय प्रशिक्षण स्रोत सामग्रीलाई पहिलोपटक यस वर्षदेखि उपयोगमा ल्याएको हो ।  विद्युतीय प्रशिक्षण स्रोत सामग्रीका बारेमा सहकारी संस्थाका प्रतिनिधिलाई जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, “आर्थिक समृद्धिको आधार सहकारीलाई थप प्रवद्र्धन गर्ने र यस क्षेत्रमा जोखिम तथा समस्या आउन नदिने नगरपालिकाले नीति लिएको छ, कतिपय अवस्थामा कानुनी ज्ञान, क्षमता तथा व्यवस्थापकीय आदि पक्षबाट पनि समस्या आउन सक्दछन् । यस्ता समस्यालाई समयमै स्वयंले समाधान गर्न सकून् भन्ने ध्येयले विद्युतीय स्रोत  प्रशिक्षण सामग्री कार्यान्वयनमा ल्याएका हौँ । यसबाट सहकारीको क्षमता विकास हुनेछ ।”

नगरपालिकाले सहकारी संस्थालाई आफ्नो  ‘श्वेतपत्र’ जारी गर्न तथा सहकारीका नेतृत्वमा रहेकाको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । उनले भने, “नियममा बसेर सञ्चालन भएका सहकारीमा जोखिम तथा समस्या आउँदैन । सहकारीका नेतृत्व, व्यवस्थापकीय थप विकास गर्न यो प्रशिक्षण सामग्रीले कोसेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु ।” 

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न विद्युतीय स्रोत प्रशिक्षण सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “विषयवस्तु, ज्ञानमा आधारित डिजिटल प्लेट फर्ममा रहेका सामग्री पढेर कार्यान्वयन भयो भने सहकारीमा समस्या आउन दिँदैन भन्ने मैले विश्वास लिएको छु । सामग्री अध्ययन गर्नुपर्‍यो ।”

कार्यक्रममा शाखा प्रमुख खड्काले एक वर्षमा विद्युतीय स्रोत प्रशिक्षण सामग्री उच्चतम उपयोग गर्ने तीन सहकारीलाई पुरस्कृत गरिने जानकारी दिए । 

सोही अवसरमा सहभागी सहकारीका संस्थाका प्रतिनिधिले सोधेका प्रश्नको जवाफमा उनले भने, “विद्युतीय स्रोत प्रशिक्षण सामग्रीलाई सुधार गर्न सकिन्छ, तपाईंहरुले हामीलाई यस किसिमको सामग्री आवश्यक पर्छ भन्नुहोस्, त्यही किसिमको उपलब्ध गराउँछौँ ।” सो प्लेट फर्ममा सहकारी संस्था बीचमा अनुभव आदानप्रदान गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम

बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ ।  चिनियाँ भन्सार प्रशा...

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाय : सर्वेक्षण

रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...

कैलालीमा घाटगद्दीमै थन्कियो एक लाख क्यूफिट भन्दा बढी काठ

कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...

देशमा चुनावको विकल्प छैन : नेता पोखरेल

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...

नेकपाले पुस ५ गतेसम्म प्रदेश र जिल्लाकाे एकता प्रक्रिया टुङ्ग्याउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ ।  ...

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य

भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...

मधेशका कुन जिल्लामा वन अतिक्रमण कति ?

पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...

समानुपातिक निर्वाचनका लागि ६७ दलकाे निवेदन

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...

मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र

काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending