Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

चन्द्रागिरिद्वारा सहकारीको क्षमता विकास गर्न प्रशिक्षण सामग्री जारी

खबरडबली संवाददाता

काठमाडौं । नगर क्षेत्रका सहकारीमा जोखिम तथा समस्या आउन नदिन चन्द्रागिरि नगरपालिकाले सहकारीको क्षमता विकास एवं कानुनी पक्षलाई सुदृढ बनाउ थालेको छ । यसका लागि नगरपालिकाले तालिम एवं प्रशिक्षणलाई फरक ढङ्गबाट सञ्चालन गर्न सुरुआत गरेको छ । 

हाल नगर क्षेत्रका विभिन्न विषयका करिब एक सय ४० सहकारी संस्था  छन् । प्रशिक्षणका लागि नगरपालिकाले  ‘डिजिटल वेब’मा आधारित ‘प्लेट फर्म’ अर्थात्  विद्युतीय प्रशिक्षण स्रोत सामग्री तयार गरी कार्यान्वयनमा ल्याएको हो ।  नगरपालिकाले प्रशिक्षण सामग्री सहकारी संस्थाका कार्यसमिति, व्यवस्थापक तथा अध्ययन गर्न चाहने अन्य सदस्यलाई उपलब्ध गराएको छ । 

सामग्रीभित्र सहकारी सञ्चालन, कर, नेतृत्व विकास, संस्थागत सुशासनलगायत ४० विषयवस्तु रहेका छन् । सरकारका पूर्वसचिव, सहकारी क्षेत्रका उच्च व्यवस्थापक, प्राध्यापकलगायतले ती सामग्री तयार पारेका हुन् । ती सामग्रीको अवधि एक सय ५० घण्टा अवधिको छ । ती सामग्री प्रयोगकर्ताले आफ्ना ‘डिजिटल’ माध्यमबाट जुनसुकै समयमा पनि पढ्न, हेर्न र सुन्न सक्नेछन् । 

नगरपालिकाले हल तथा कोठाभित्र सञ्चालन हुने सहकारी सञ्चालनसम्बन्धी प्रशिक्षण तथा तालिमको विकल्पमा विद्युतीय प्रशिक्षण स्रोत सामग्रीलाई पहिलोपटक यस वर्षदेखि उपयोगमा ल्याएको हो ।  विद्युतीय प्रशिक्षण स्रोत सामग्रीका बारेमा सहकारी संस्थाका प्रतिनिधिलाई जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले भने, “आर्थिक समृद्धिको आधार सहकारीलाई थप प्रवद्र्धन गर्ने र यस क्षेत्रमा जोखिम तथा समस्या आउन नदिने नगरपालिकाले नीति लिएको छ, कतिपय अवस्थामा कानुनी ज्ञान, क्षमता तथा व्यवस्थापकीय आदि पक्षबाट पनि समस्या आउन सक्दछन् । यस्ता समस्यालाई समयमै स्वयंले समाधान गर्न सकून् भन्ने ध्येयले विद्युतीय स्रोत  प्रशिक्षण सामग्री कार्यान्वयनमा ल्याएका हौँ । यसबाट सहकारीको क्षमता विकास हुनेछ ।”

नगरपालिकाले सहकारी संस्थालाई आफ्नो  ‘श्वेतपत्र’ जारी गर्न तथा सहकारीका नेतृत्वमा रहेकाको सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । उनले भने, “नियममा बसेर सञ्चालन भएका सहकारीमा जोखिम तथा समस्या आउँदैन । सहकारीका नेतृत्व, व्यवस्थापकीय थप विकास गर्न यो प्रशिक्षण सामग्रीले कोसेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु ।” 

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काले सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न विद्युतीय स्रोत प्रशिक्षण सामग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “विषयवस्तु, ज्ञानमा आधारित डिजिटल प्लेट फर्ममा रहेका सामग्री पढेर कार्यान्वयन भयो भने सहकारीमा समस्या आउन दिँदैन भन्ने मैले विश्वास लिएको छु । सामग्री अध्ययन गर्नुपर्‍यो ।”

कार्यक्रममा शाखा प्रमुख खड्काले एक वर्षमा विद्युतीय स्रोत प्रशिक्षण सामग्री उच्चतम उपयोग गर्ने तीन सहकारीलाई पुरस्कृत गरिने जानकारी दिए । 

सोही अवसरमा सहभागी सहकारीका संस्थाका प्रतिनिधिले सोधेका प्रश्नको जवाफमा उनले भने, “विद्युतीय स्रोत प्रशिक्षण सामग्रीलाई सुधार गर्न सकिन्छ, तपाईंहरुले हामीलाई यस किसिमको सामग्री आवश्यक पर्छ भन्नुहोस्, त्यही किसिमको उपलब्ध गराउँछौँ ।” सो प्लेट फर्ममा सहकारी संस्था बीचमा अनुभव आदानप्रदान गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE