Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

गंगालाल हृदय केन्द्रलाई छिट्टै प्रतिष्ठान बनाउँछौ : स्वास्थ्य मन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । केन्द्रको २८औं बार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेतले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढिसकेको जानकारी गराउँदै मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको बताएका हुन् । 

मन्त्री बस्नेतले भने, ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविश्यमा हुनसक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर अगाडि प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ।’ 

विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको स्मरण गर्दै मन्त्री बस्नेतले सरकारले चाडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रुपमा विकास गर्ने दावी गरे । गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एशियामै आफूलाई अब्बल सावित गरिसकेको बताउँदै देशका अरु अस्पतालहरुले पनि गंगालालबाट सिक्नु पर्ने बताए । 

कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको सल्यक्रिया गरेको जानकारी दिदै सरकारले प्रतिष्ठान नबनाए भविश्यमा कार्डियाक सर्जनको अभाव हुने बताए । 

डा. मल्लले बिगत ७ वर्ष देखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउदै त्यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औंल्याए । कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रुपमा आफुलाई उभ्याएको र अन्य अस्पतालहरुले पनि पाठ सिक्नु पर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले केन्द्रमा रहेर २० वर्ष सेवा पुरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए । कार्यक्रम केन्द्रका संस्थापक अध्यक्ष डा.अरुण सायमीको अध्यक्षतामा सम्पन्न भएको थियो । वि.सं. २०५२ सालमा ९ शैयाबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३०० शैयामा सञ्चालित छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending