झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन् । उनले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी समेत गरे ।
गृहनगर झापाको धुलाबारीमा सोमबार (आज) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने संकेत गरे ।
'प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुन्छ सक्छ,' शर्माले भने, 'पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये एकजनालाई सभापति छाडेर उपसभापतिमा बस्नु पर्ने अवस्था पनि नहोला भन्न सकिन्न ।'
पार्टीभित्र झापामा अहिले मनोवैज्ञानिक एकता रहेको शर्माको टिप्पणी छ। महामन्त्री शर्माले अनुभवका आधारमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको सांसद बनाएको खुलाए।
कार्यकर्ता पंक्तिमा जनताबाट पटकपटक अस्वीकृत नेता सिटौलालाई राष्ट्रियसभामा लगेको आवाज चर्को बनेको बेला महामन्त्री शर्माले त्यस्तो मत राकेका हुन् । शर्माले पछिल्लो समय सिटौलासँग छ्याप्पै मिलेको आरोप खेप्दै आएका छन् ।
विकास निर्माण संगठन निर्माणको आधार हुने तर्क गरेका उनले संघीयता समृद्ध नेपाल बनाउने आधार भएको दावी गरेका छन् । महामन्त्री शर्माले संघीयताले समृद्ध नेपाल बनाउने ठोकुवा समेत गरे। शर्माले भने, 'संघीयता काङ्ग्रेसले उठाएको मुद्दा नभई हृदयले स्वीकार गरेको विषय हो ।'
विकासक उग्र कुरा गर्ने पार्टी र तिनका नेताप्रति लक्षित गर्दै शर्माले विध्वंस गर्ने बम विष्फोटनको आवाज चर्को हुने तर समृद्ध मुलुक निर्माण गर्ने स्वर मलिन हुने बताए । अघिल्लो दिन सहरी विकासमन्त्री सीता गुरुङ सहित आफू पुगेका स्थानका युवाले पछिल्लो दिन आफूलाई खोजेको समाचार पढेर र तस्वीर हेरेर आफू छक्क परेको सुनाए ।
टायर बाल्ने, बाटो छेक्ने हुलहुज्जत गर्ने भन्दा पनि शान्तिपूर्ण तवरले आवाज उठाएको भन्दै ती युवाको उनले प्रशंसा गरे । दुई दिन अघिमात्रै शर्माको निर्वाचन क्षेत्रमा पर्ने ज्यामिरगढीका युवाले सांसद हराएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: