Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

कांग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ: महामन्त्री शर्मा

खबरडबली संवाददाता

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन् । उनले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी समेत गरे । 

गृहनगर झापाको धुलाबारीमा सोमबार (आज) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने संकेत गरे । 

'प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुन्छ सक्छ,' शर्माले भने, 'पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये एकजनालाई सभापति छाडेर उपसभापतिमा बस्नु पर्ने अवस्था पनि नहोला भन्न सकिन्न ।' 

पार्टीभित्र झापामा अहिले मनोवैज्ञानिक एकता रहेको शर्माको टिप्पणी छ। महामन्त्री शर्माले अनुभवका आधारमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको सांसद बनाएको खुलाए।

कार्यकर्ता पंक्तिमा जनताबाट पटकपटक अस्वीकृत नेता सिटौलालाई राष्ट्रियसभामा लगेको आवाज चर्को बनेको बेला महामन्त्री शर्माले त्यस्तो मत राकेका हुन् । शर्माले पछिल्लो समय सिटौलासँग छ्याप्पै मिलेको आरोप खेप्दै आएका छन् ।

विकास निर्माण संगठन निर्माणको आधार हुने तर्क गरेका उनले संघीयता  समृद्ध नेपाल बनाउने आधार भएको दावी गरेका छन् । महामन्त्री शर्माले संघीयताले समृद्ध नेपाल बनाउने ठोकुवा  समेत गरे। शर्माले भने, 'संघीयता काङ्ग्रेसले उठाएको मुद्दा नभई  हृदयले स्वीकार गरेको विषय हो ।'

विकासक उग्र कुरा गर्ने पार्टी र तिनका नेताप्रति लक्षित गर्दै शर्माले विध्वंस गर्ने बम विष्फोटनको आवाज चर्को हुने तर समृद्ध मुलुक निर्माण गर्ने  स्वर मलिन हुने बताए । अघिल्लो दिन सहरी विकासमन्त्री सीता गुरुङ सहित आफू पुगेका स्थानका युवाले पछिल्लो दिन आफूलाई खोजेको समाचार पढेर र तस्वीर हेरेर आफू छक्क परेको सुनाए । 

टायर बाल्ने, बाटो छेक्ने हुलहुज्जत गर्ने भन्दा पनि शान्तिपूर्ण तवरले आवाज उठाएको भन्दै ती युवाको उनले प्रशंसा गरे । दुई दिन अघिमात्रै शर्माको निर्वाचन क्षेत्रमा पर्ने ज्यामिरगढीका युवाले सांसद हराएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE