काठमााडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.५ प ६१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अहिरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराकाे जितपुर सिमरा उपमहानगरपालिका-१६ महेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १.१० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ सुन्दरबस्ती बस्ने २७ वर्षीय राजेन्द्र गुरूङ समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुम्मरवानाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
बर्दियाकाे मधुवन नगरपालिका-६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय मेहडी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २९ वर्षीय प्रकास सुनार रहेका छन् ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले अनसारीको घर तलासी गर्दा उक्त पदार्थ फला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: