Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

राष्ट्रिय भलिबल प्रतियोगिता: पहिलो खेलमा पुलिस क्लब विजयी

खबरडबली संवाददाता
कञ्चनपुर । तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली पुलिस क्लब विजयी भएको छ ।
 
महेन्द्रनगरस्थित खुला मञ्चमा आइतबारदेखि सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथि पुलिसले एकतर्फी जित निकालेको हो । 
 
सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल सङ्घको समन्वय व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा पहिलो दिन चार खेल हुने कञ्चनपुर भलिबल सङ्घका सचिव उत्तम विष्टले जानकारी दिए । त्यसैगरी दोस्रो खेलमा एपिएफ र मधेस प्रदेशले प्रतिस्पर्धा गर्दैछन् ।
 
“प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन”, विष्टले भने, “दिनमा चार वटा खेल हुनेछन्, आज पहिलो दिन दुई खेलपछि प्रतियोगिता परराष्ट्रमन्त्री एनपी साउदलले उद्घाटन गर्ने कार्यक्रम छ ।”  
 
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एक सय ५० खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन् । त्यसैगरी प्रतियोगितामा एक अन्तराष्ट्रिय, १२ राष्ट्रिय र १२ प्रदेशका रेफ्रीहरुको सहभागिता छ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः रु चार लाख, रु दुई लाख र रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । 
 
“प्रतियोगिताको सेमिफाइनलदेखिका चार खेलमा रु पाँच हजारका दरले ‘म्यान अफ द म्याच’को पुरस्कारको व्यवस्था मिलाइएको छ”, भट्टले भने, “प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिनेछ ।” 
 
उनले प्रतियोगितामा विभिन्न छ विधामा जनही रु १०/१० हजारका दरले पुरस्कार प्रदान गरिने बताए । प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुई दिनमा दुई खेल हुनेछन् । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE