Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण

खबरडबली संवाददाता

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले यहाँ मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । 

‘आरई सेक्टर हेल्थ चेकअप एन्ड अर्वानेस प्रोग्राम’अन्तर्गत परिसङ्घले नेसनल कार्डियाक सेन्टरसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल र उनको टिमबाट झण्डै सय जनाको मुटु जाँँच गरिएको थियो । डा अनिलले मुटुरोगको जोखिम, यसको न्यूनीकरणका निम्ति अपनाउनुपर्ने सावधानीका विषयमा सहभागीहरूलाई उच्च रक्तचापलाई हेल्चेक्राई गर्ने, नियमित औषधि सेवनलाई अनावश्यक बोझका रूपमा लिने र स्वास्थ्यकर्मीसँग परामर्श लिनुको साटो वैकल्पिक उपाय अपनाउने प्रवृत्ति त्याग्न आग्रह गरे । 

अव्यवस्थित जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक गतिविधिमा निस्कृष्यता, प्रदूषित वातावरण, तनाव, स्वास्थ्य चेतनामा कम चासोलगायतका कारणले नेपालमा मुटुरोगको जोखिम बढ्दै गएको जानकारी दिँदै त्यसतर्फ सचेतना अपनाउन सुझाव दिए । उनले पछिल्लो समय युवाहरुमा मुटुरोगको जोखिम बढ्दै गएकाले समयमै नियमित स्वास्थ्य जाँच र जीवनशैलीमा सुधार ल्याउनुपर्नेमा जोड दिए । 

डा अनिलले स्वच्छ ऊर्जाको प्रयोग बढाउन सकिएमा स्वास्थ्य जोखिम कम गर्न सकिने भएकाले नवीकरणीय ऊर्जा उद्यमीहरूलाई पनि यसतर्फ ध्यान दिन आग्रह गरे । 

कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले मुटुरोगको जोखिम घटाउन स्वच्छ ऊर्जाको पनि भूमिका रहेको हुँदा पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा मुटु जाँचका कार्यक्रम राखिएको जानकारी दिनुए । 

सो अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रका व्यावसायिक सङ्गठनहरू नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल बायोग्यास प्रवद्र्धन सङ्घ, जल तथा ऊर्जा परामर्शदाता सङ्घनेपाल, ग्रामीण प्रविधि उत्पादक सङ्घ नेपाल, नेपाल सौर्य ताप ऊर्जा सङ्घ, जैविक ऊर्जा व्यवसायी सङ्घनेपाल र वायोग्यास सेक्टर पार्टनसिप नेपाललगायतका सङ्घसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।  
---

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending