हैदराबाद। भारतको भ्रष्टाचार विरोधी ब्यूरोले तेलंगानामा एक ब्यक्तिबाट १६० करोड अबैध रकम कब्जामा लिएको छ।
तेलंगाना राज्य घर जग्गा नियामक प्राधिकरणका सचिव र हैदराबाद मेट्रोपोलिटन विकास प्राधिकरणका पूर्व निर्देशक शिव बालकृष्णले कथित रूपमा कमाएको १०० करोड भारतीय रुपैयाँ (नेपाली १६० करोड) भन्दा बढीको अबैध सम्पत्ति पत्ता लगाएको हो ।
एसीबीको प्रारम्भिक निष्कर्ष अनुसार बालकृष्णले कथित रूपमा रियल इस्टेट कम्पनीहरूलाई अनुमति दिई करोडौं रुपैयाँ कमाएको खुलासा भएको छ।
अधिकारीहरूले बालकृष्ण र उनका आफन्तहरूको घर र कार्यालयहरूसहित तेलंगानाका धेरै ठाउँहरूमा खोजी गरेका थिए । जसअनुसार आयको अबैध स्रोतहरू भन्दा अबैध सम्पत्ति जम्मा गरेको आरोपमा उनी माथी छानबिन जारी छ ।
गत बुधबार बिहान ५ बजेबाट अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरो ९एसीबी० ले खोजी सुरु गरेको हो, जसका लागि उनको २० स्थानमा कभर गरिएको थियो । खोजी कार्य बिहीबारसम्म जारी रहने बताइएको छ । बालकृष्णको घर र अनुसन्धानसँग सम्बन्धित अन्य महत्वपूर्ण स्थानमा छापा मारिएको छ ।
बालकृष्णविरुद्ध मुद्दा दर्ता भएको छ । उनले आफ्नो पदको दुरुपयोग गरी ठूलो मात्रामा सम्पत्ति आर्जन गरेको आशंका सुरू देखी नै भए पनि अहिलेसम्म छापा भने हानिएको थिएन ।
खोजीका क्रममा सुन, फ्ल्याट, बैंक निक्षेप र बेनामी होल्डिङसहित एक सय करोडभन्दा बढीको सम्पत्ति भेटिएको छ । बरामद भएको सूचीमा ४० लाख नगद, दुई किलो सुनका गरगहना, ६० थान महँगो घडी, सम्पत्तिका कागजात र बैंकमा राखिएको रकम समावेश रहेका छ । यस बाहेक १४ फोन, १० ल्यापटप र धेरै इलेक्ट्रोनिक ग्याजेट बरामद गरिएको छ ।
एसीबीले अहिले बालकृष्णको बैंक लकर र अन्य अघोषित सम्पत्तिमाथि छानबिन गरिरहेको छ । भोलि पनि अनुसन्धान जारी रहने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १७:५१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...
आषाढ़ ६ गते, २०८३ - १७:०९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...
आषाढ़ ६ गते, २०८३ - १७:००
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...
आषाढ़ ६ गते, २०८३ - १६:३०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...
आषाढ़ ६ गते, २०८३ - १६:१५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...
आषाढ़ ६ गते, २०८३ - १५:५७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...
आषाढ़ ६ गते, २०८३ - १५:४०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...



प्रतिकृया लेख्नुहोस्: