Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

'भूमिहीन, दलित, अव्यवस्थित बसोबासीका समस्या सधैँ बोक्ने होइन, तत्काल निष्कर्षमा लैजानुपर्छ'

खबरडबली संवाददाता

नेपालगञ्ज । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ । उनी भन्छन्, “व्यवस्थित बसोबास, भूमिहीन, दलित समुदायका जमिनका समस्या यहाँ धेरै छन् । सरकारले तोकेको राजस्वको दर बढी भएर उनीहरूले जमिनलाई निजी स्वामित्वमा ल्याउन सकेका छैनन् । बरु उनीहरूलाई नयाँ जमिन किन्दा सहज हुने देखिएको छ । भूमिहीन, अव्यवस्थित बसोबासी र दलित समुदायका समस्यालाई सधैँ बोक्ने होइन, यसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ ।”

सांसद विश्वकर्मा भन्छन्, “अहिले हामी नेपालको संविधानले सुनिश्चित गरेको संसदीय अभ्यासमा छौँ तर संविधानको मर्मअनुसार शतप्रतिशत अभ्यासमा अघि बढेका छौँ भन्ने मेरो दाबी छैन । संविधान कार्यान्वयनका मामलामा पर्याप्त ध्यान दिनुपर्ने स्थिति छ । अभ्यासमा जाँदा स्वाभाविकरूपमा दलका दृष्टिकोणहरू, मान्यताहरू प्रतिबिम्बित हुन्छन् । राजनीतिक दलबीच समझदारी बनाएर अघि बढ्नुपर्ने अवस्था छ ।”

संसद्को आगामी अधिवेशनका लागि मिति घोषणा भइसकेको छ । जनताको सार्वभौम अधिकारसम्पन्न प्रतिनिधि संस्था भनेको प्रतिनिधिसभा वा राष्ट्रियसभा नै हो अर्थात् सङ्घीय संसद् हो जनाउँदै उहाँले यसलाई सही ढङ्गले सञ्चालन गर्ने र उपलब्धिमूलक ढङ्गले परिचालन गर्ने दायित्व सरकारको रहने बताए। 

उनी भन्छन्, “संसदले प्राप्त गर्ने बिजनेसलाई ठीक ढङ्गले निरुपण गर्ने मामलामा तदारुकता वा अनुकूल परिस्थति निर्माण भएन भने संसद्को काम प्रभावित हुन्छ ।”

गएको संसद्को अधिवेशन नियमितरूपमा चलेजस्तो देखियो तर धेरै उत्साहजनक अनुभूति गर्न पाइएन । अहिले फेरि संसदीय समितिका बैठक नियमित बसाउने पहल र प्रयत्न भएको छ । संसदीय समिति बने पनि प्रमुख तोक्न समय लाग्यो, सांसद विश्वकर्माले भने, “म शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छु, यी समितिलाई कामयाब बनाउनका लागि समितिको सचिवालय, त्यसको जनशक्ति धेरै व्यवस्थित हुन जरुरी छ । तर हुँदै भएको छैन त भन्न मिल्दैन । तर यसलाई अझ प्रभावकारीरूपमा कार्यसम्पादन गर्न व्यवस्थित बनाउन पर्ने देखिन्छ ।” 

संसदीय समितिको प्रभावकारिताका बारेमा उनी भन्छन्, “जुन समितिमा हामी छलफल गर्छौँ समितिले निर्देशन देला त्यो कार्यान्वयन भयो वा भएन त्यो पनि हेर्न जरुरी छ । समितिले दिएको निर्देशन सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्यो वा गरेन त्यो कामको मूल्याङ्कन पनि हुन जरुरी छ । 

अर्को, नियमितरूपमा आउने विधेयक छलफल भएर अघि जाने विषय पनि छन् । यसमा व्यवस्थितरूपमा अघि बढिएको छ भन्न मिल्दैन तर सरकार यसमा जेलिएको पाउँछु मैले ।”

“शिक्षा विधेयकलगायतका धेरै जल्दाबल्दा विधेयक संसद्मा छन् । त्यसकारण विधेयकमा सहमति जुटाउन समय लाग्ने अवस्था देखिन्छ । सत्तापक्षले प्रमुख प्रतिपक्ष र प्रतिपक्षसँग पनि समन्वय र गरेर समझदारी कायम गरेर अघि बढ्दा विषय निष्कर्षमा पुग्छन् । 

सरकारले आग्रह राखेर सत्ता गठबन्धनलाई कसरी टिकाउने भन्ने विषयमा ध्यान दिने राष्ट्रिय सरोकारका मामला पनि बेवास्ता गर्ने र जनसरोकारका विषयमा पनि बेवास्ता गर्ने र आत्मसर्मपणका लागि जोसँग पनि तयार हुने र आफ्नो सत्ता कसरी टिकाउने भन्ने भयो भने निष्कर्षमा पुगिँदैन । यसमा सबै पक्ष जिम्मेवार हुनुपर्छ र यसका लागि सत्तापक्षले जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्छ”, सांसद विश्वकर्माले भने।

नेकपा एमालेका सचिवको समेत जिम्मेवारी निर्वाह गरिरहेका सांसद छविलाल विश्वकर्माको जन्म विसं २०१९ मङ्सिर २३ गते स्याङ्जामा भएको हो । पार्टीभित्र बौद्धिक व्यक्तित्वको छवि बना एका नेता विश्वकर्मा दलित आन्दोलनबाट राजनीतिमा प्रवेश गरका हुन्। 

एक प्रसङ्गमा उनले भने, “विपक्षी पार्टीले संसदीय समितिमा बसेर मोलमोलाइ गरेको भन्ने विषय निरर्थक आरोप हो । सत्तारुढ दलले प्रतिपक्षलाई आक्षेप लगाएर आफू सुरक्षित हुने उपाय हो । एमालेले अहिले किन बार्गेनिङ गर्छ रु गर्न परे त सत्ता गठबन्धनसँग सोझै कुरा गर्छ नि ।” 

रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा पहाडबाट दक्षिणको दशगजासम्म निर्वाचन क्षेत्र पर्छ । यसमा सवा लाख जनताको बसोबास छ । यो ऐतिहासिक सांस्कृतिक महत्व बोकेको प्रदेश पनि जिल्ला पनि हो । लुम्बिनी बन्नुका पछाडि देबदहको योगदान छ । 

बुद्धकालीन समयको साहित्यलाई, त्यतिबेलाको अभिलेखलाई हेर्ने हो भने त्यसबाट प्रष्ट छ महामानव गौतम बुद्धको मावली देबदह हो । यो त स्थापित भएको कुरा हो । तर सांसद विश्वकर्मा लुम्बिनीले बढी चर्चा पाएको बताउँछन्। 

उनी भन्छन्, “लुम्बिनीलगायतका विषय अघि आउँदा  देबदह ओझेलमा परेको छ । अरु सांस्कृतिक पक्षलाई ध्यान दिइएको छ तर प्राकृतिक सम्पदाका पक्षलाई बेवास्ता गरिएको छ । रोहिणी नदीको पूर्वतिर कोलिय राज्य, पश्चिमतर्फ शाक्य राज्य थिए । यो इतिहासमा उल्लेख छ । त्यसको संरक्षण र संवर्द्धन त्यसको बहुउदेश्यीय हिसाबले यसको विकास गर्न सक्दा, लुम्बिनी, रामग्राम, तिलौराकोट, देबदह आदिमा एउटा आयाम थपिने छ ।”

दक्षिणबाट उत्तरतर्फ जोड्ने तीन–चार महत्त्वपूर्ण सडक छन् । त्यो सडकको काम अगाडि बढाइयो तर बीचमा अवरुद्ध भयो । सरकारले त्यसलाई बेवास्ता गर्यो र त्यसलाई जोड्दै जोडेन । सीमावर्ती क्षेत्रका जनताले राज्य जिम्मेवार छ भन्ने कुराको अनुभूत गर्न पाउनुपर्छ । 

उनी भन्छन्, “आधारभूत अस्पतालका तत्कालीन सरकारले बजेटसहित कार्यक्रम अघि सार्यो तर अहिले पूर्वाधार अलपत्र परेका छन् । सामुदायिक विद्यालयको अवस्था पनि राम्रो छैन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको योजना कटौतीमा परेको छ । यस निर्वाचन क्षेत्रका दुई सामुदायिक क्याम्पसको विकासका लागि ध्यान दिइएको छैन । समानुपातिक हिसाबले सबै जनताका बीचमा विकास पुग्नुपर्छ । नारायणगढ–बुटवल सडकखण्डको एउटा भाग मेरो निर्वाचन क्षेत्रमा पर्छ त्यसमा ताकेता गरिरहेका छौँ । हुलाकी सडकखण्ड पनि मेरो निर्वाचन क्षेत्रमा पर्छ यसको सुधार गर्ने काम अलिअलि अघि त बढेको छ तर पर्याप्त छैन ।”
 
युवाको बढ्दो सङ्ख्यामा विदेश पलायनका बारेमा सोधिएको प्रश्नमा सांसद विश्वकर्मा भने, “यो एउटा आशा, भरोसा, विश्वास जगाउने कुरा पनि हो । बैदेशिक रोजगारीमा जानेलाई विल्कुल निरुत्साहित गरेर हुन्छ भन्ने मामलामा म छैन । दक्ष जनशक्ति सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा पुग्ने व्यवस्था मिलाउनुपर्छ । यहाँबाट दक्ष भएर गएर त्यहाँबाट फर्केर आउँदा सुरक्षित ढङ्गले फर्कोस् यस्तो खालको विषयमा ध्यान दिनुपर्छ । घरमा राम्रै व्यवस्था भएका व्यक्ति पनि विदेश गएका छन् । यसको कारण के हो त ? जो आफू सुतेको बिस्तरा यहाँ उठाउन्न ऊ त्यहाँ गएर भाँडा माझ्दैछ । यसलाई कसरी बुझ्ने ? यसको समाजशास्त्रीय हिसाबले अध्ययन र विश्लेषण हुन जरुरी छ । 

कसैले वैदेशिक रोजगारीमा जान्छु र अध्ययन गर्छु भन्ने सोच राख्छ भने त्यसलाई अनुकूल वातावरण निर्माण गरिदिनुपर्छ । उसले त्यहाँबाट अध्ययन गरेको विषय र सीपले यहाँको विकासमा मद्दत पुग्न सक्छ । यसलाई नियमन पनि गर्न जरुरी छ । विदेश जाँदा पनि खुसीले जाओस्, फर्कँदा पनि खुसीले फर्कोस् र उसले ल्याएको सीपले एउटा नयाँ उपलब्धि हासिल होस् भन्ने लाग्छ ।”

मुलुकमा सुशासन कायम गर्न राज्य नै जिम्मेवार बन्नुपर्छ, अन्य यसमा सहायक बन्ने हो । मानव मर्यादा स्थापित गर्ने कुरा धेरै ठूलो कुरा रहेछ । संस्कार र संस्कृति भन्ने कुरा धेरै ठूलो कुरा रहेछ । संविधानले प्रदत्त गरेको विशेषता र उपलब्धिबाट प्राप्त विषयलाई केही होइन भन्ने विषयबाट जुन खालको प्रयत्न भइरहेको छ यसको कुनै अर्थ छैन तर यसबाट एउटा शिक्षा लिनुपर्छ भन्छु म । समय पछाडि फर्कँदैन यो अगाडि बढ्छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: