Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

माल्टाका गृहमन्त्री क्यामिलेरीसँग एनआरएनए युरोप युवा संयोजक भण्डारी नेतृत्वको प्रतिनिधिद्वारा भेटवार्ता

खबरडबली संवाददाता

माल्टा । गैरआवासीय नेपाली संघ एनआरएनए युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमन्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरी सँग भेटघाट तथा छलफल गरेको छ ।

भण्डारीसहित एनआरएनए माल्टाका महासचिव सन्देश केसी, लेखा समिति संयोजक राजेन्द्र भण्डारीसहितको  डेलिगेसन टिमले माल्टा सरकारका गृहमन्त्रीसँग  नेपालीहरुको समस्या र समाधानको खोजीको विषयमा छलफल गरेको हो । 

नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको व्यक्तित्वसँग भेटघाट गरेको हो । उक्त प्रतिनिधिमन्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आइपर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए ।

भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम, नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन, आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट  सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनका बारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए  ।

भेटघाटमा  गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन् । भेटमा नेपाली राजदूताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आवश्यक्ताबारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारिक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending