मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सबै कम्युनिष्ट पार्टीबीच एकता भएमात्र देशको समृद्धि सुनिश्चित हुने धारणा राखेका छन् ।
पूर्वपिएलए मकवानपुरको आयोजनामा आज साेमबार झुरझुरेमा भएको कार्यक्रममा उनले छिट्टै माओवादीबाट टुक्रिएका दलहरु एक हुने बताए । सबै कम्युनिष्ट पार्टी एउटै झण्डामुनी उभिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
उनले जनयुद्धका क्रममा लिइएको परिवर्तनको सपना पूरा गर्न अझै बाँकी रहेको बताउँदै भने, “शान्ति सम्झौतापछिको १८ वर्षमा हामीले व्यवस्था परिवर्तन गर्न सक्यौँ तर अवस्था परिवर्तन गर्न बाँकी छ, शान्ति सम्झौता अझ टुङ्गोमा पुगेको छैन यो पनि बाँकी छ ।” उनले शान्ति सम्झौता टुङ्गोमा नपुगेकाले समय–समयमा समस्या आइरहेको बताए ।
उनले जनयुद्धका क्रममा झुरझुरेमा अन्तिम युद्ध भएको स्मरण गर्दै यस स्थललाई युद्धपार्क बनाएकामा बागमती गाउँपालिकालाई धन्यवाद दिए । उनले पार्कको व्यवस्थापनमा ध्यान दिएर सङ्ग्रहालय बनाउन सुझाव दिए ।
बागमती प्रदेश सरकार सामाजिक विकासमन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको व्यवस्था जनताका लागि भएको भन्दै जनताको अवस्था बदल्न सरकार प्रयासरत रहेको बताए । उनले युवा, महिला, घाइतेलगायतका लागि बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: