Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

सीजी मोटर्ससँग हिरो मोटोकर्पको सहकार्य घोषणा

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिक कदममा, मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटरकर्प  नेपालको सबैभन्दा ठुलो समुह चौधरी ग्रुप मातहतको कम्पनी सिजि मोटर्ससँग सहकार्य गरेको छ । 

हिरो मोटकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो, राम्रो लोकप्रियता कमाएको सुपर स्प्लेन्डर र एक्सप्लस २०० लगायत आफ्ना प्रतिष्ठित मोटरसाईकल ब्रान्डहरूका साथ निरन्तर रूपमा हिरो प्रख्यात हुँदै गइरहेको छ । नेपाललाई एसियाको प्रमुख बजारको रूपमा मान्यता दिँदै, हिरो मोटोकर्पको सीजी मोटर्ससँगको साझेदारीले आफ्नो व्यापारलाई थप बलियो बनाउने र समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने चौधरी ग्रुप समक्ष अपेक्षा राखेको देखिन्छ । 

चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको  विश्वभर १६०  भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विशाल नेटवर्क रहेको समुह हो । एफएमसिजि, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्स सहित विभिन्न क्षेत्रहरूमा यो समुहको व्यवसाय फैलिएको छ । 

यस सहकार्य अन्तर्गत, हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरो मोटोकर्पको उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्न तयार भएको प्रेस विज्ञप्तिमा बताईएको छ । स्थानीय अर्थतन्त्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू इन्जेक्सन गर्दै २०२४ मार्च बाट सेवा सञ्चालन सुरु गर्न तय गरिएको छ । 

हिरो मोटोकर्पबा ग्लोबल बिजनेस हेड, सञ्जय भानले यो सहकार्यप्रति  उत्साह व्यक्त गर्दै प्रेस विज्ञप्तिमा भनेका छन् , “नेपाल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण बजार हो र यहाँका ग्राहकहरूलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो ।  उनले चौधरी ग्रुपसँगको सहकार्यले देशमा हिरो मोटोकर्पको सञ्चालनलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए । 

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, यो सहकार्यले हिरो मोटोकर्पका लोकप्रिय उत्पादन र सेवाहरूको नेपाली जनताले लाभ उठाउन पाउने तथा अटोमोटिभ बजारमा सीजी मोटर्ससँग हिरो मोटोकर्पको पुनः प्रवेशबाट आम उपभोत्तालाई फाईदा हुनसक्छ । 

नेपालमा हिरो मोटोकर्पको एक्सप्लस टुईन्स, एक्सट्रिम रेञ्ज, स्पेल्ण्डर रेञ्ज, ग्लामोर, एचएफ डिलक्स मोटरसाईकल तथा स्कुटर लगायतका दुईपाँग्रे सवारीहरु रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE