Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

बैंकहकाे मनाेमानी व्याज र लघुवित तथा सहकारीकाे कर्जा फिर्ता गर्नुपर्ने माग राख्दै माघ ११ गते मधेस बन्दकाे घाेषणा

माघ ११ गते मधेस बन्द सफलपार्न आइटी आर्मी महिला तथा मुस्लिम मोर्चाको निर्णय

खबरडबली संवाददाता

रौतहट ।  पुर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ११ माघको मधेस बन्द सफल बनाउँने निर्णय गरेको छ । अध्यक्ष साहको गृह नगर मौलापुरको पतौरा स्थित जवाहर आधारभुत बिधालयमा सनिवार सम्पन्न मौलापुर नगरस्तरीय आईटी आर्मीको भेलाले मधेस बन्द सफल बनाउँने निर्णय गरेको हो। 

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सो भेलालाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए । बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिएका छन। 

बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिएका छन्। 

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो ।

भेलामा आजपा महासचिव उपेन्द्र साह, सचिव एवं संविधान सभा सदस्य समिना हुनेस लगायत  आइटी आर्मीका हजारौं युवाहरुको सहभागिता रहेको थियो । त्यस्तै आमजनता पार्टी निकट आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक सनिवार रौतहटको मौलापुरमा सम्पन्न  भएको छ।

आम महिला मोर्चाको केन्द्रीय समितिको बैठक “महिलालाई राज्यको हरेक तह र निकायमा ५१५ अधिकारको सुनिश्चितताको लागि निर्णायक संघर्ष गर्ने”निर्णय सहित सम्पन्न भएकोछ । मौलापुर पार्क होटलमा बसेको उक्त बैठकको अध्यक्षता मोर्चा अध्यक्ष कुमारी बबिताले गरेकी थिइन्। कार्यक्रममा आजपा महासचिव उपेन्द्र साह, सचिव समिना हुसैन लगायतका नेताहरूको उपस्थितिमा रहेको थियो । उक्त बैठकले “बैकहरुले लिइरहेको मनोमानी ब्याज फिर्ता , लघुबीत तथा सहकारीहरुको सम्पुर्ण ऋण मिनाह तथा आम जनतालाई सहज कार्जा दिलाउनको लागि घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने समेत प्रतिबद्धता व्यक्त गरेकाछन ।

उता मौलापुर पार्क होटलको सभा हलमा आम मुस्लिम मोर्चाको केन्द्रीय समितिको बैठक सम्पन्न भएकोछ । मोर्चाको अध्यक्ष लालबाबु मंसूरको अध्यक्षतामा सम्पन्न उक्त बैठकले मदर्सा ऐन र मदर्सा बोर्ड गठनको लागि निर्णायक संघर्ष गर्ने साथै बैंकिंग लुटको विरुद्ध घोषित माघ ११ गतेको मधेश बन्दलाई सफल पार्ने निर्णय गरेकोछ । बैठकमा मोर्चाको पदाधिकारीहरुको सहभागिता रहेको थियो। 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending