इलाम । इलाममा निर्माणाधीन देउमाई–फाकफोक दोभान– नावालुङ– देउराली– हुलाक सडकको काम गुणस्तरहीन सामग्री प्रयोग भएको भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । जिल्लाको माङसेबुङ गाउँपालिका–१ मा पर्ने सो सडक खण्डको सब–बेसको काममा गुणस्तरहीन सामग्रीको प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका हुन् ।
निर्माणमा संलग्न कम्पनीले लापरबाही रुपमा काम गरेको उनीहरुको आरोप छ । उनीहरुले गुणस्तरहीन काम रोक्न ठेकेदार कम्पनी देउमाई निर्माण कम्पनीलाई चेतावनी दिएका छन् । देउमाई–फाकफोक दोभान– नावालुङ–देउराली–हुलाक सडक आयोजनाको करिब पाँच किलोमिटर सडक सब–बेसमा गुणस्तरहीन सामग्री प्रयोग माङसेबुङ गाउँपालिका–१ का वसन्त योङहाङले बताए ।
स्थानीयवासीले वडाध्यक्ष भूपाल योङहाङ र प्राविधिक कर्मचारी दीपक चौधरीसहित स्थानीय राजनीतिक दलहरुलाई अनुगमन र निरीक्षणसमेत गराएका छन् । ठेकेदार कम्पनीले सब–बेसमा खोलाको ढुङ्गा–गिटी–बालुवा ९रिभरबेस० हाल्नुपर्नेमा खानीको माटो प्रयोग गरेको योङहाङले बताए। “हामीले पहिलेदेखि नै ठेकेदार कम्पनीलाई गुणस्तरीय काम गर्न अनुरोध गरेका हौँं तर उहाँले बेवास्ता गर्नुभयो” स्थानीय योङहाङले भने, “ठेकेदार कम्पनीले सब–बेसमा माटो मात्र प्रयोग गरेका छन् । विच्छ्याएको सब–बेस हातले कोट्याउँदा माटो निस्कन्छ । यस्तो तरिकाले त राज्यको पैसा दुरुपयोग भएको छ ।”
उनले छिट्टै सरोकारवालाको दबाब समूह गठन गरी गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई दबाब दिने र भुक्तानी रोक्न गाउँपालिकामा अनुरोध गर्ने तयारीमा रहेको बताए। वडाध्यक्ष भूपाल योङहाङले अनुगमनका ठेकेदार कम्पनीको लापरबाही देखिएको बताए । अनुगमन र निरीक्षणका क्रममा ठेकेदार कम्पनीले खोलाको ढुङ्गा–गिटी–बालुवा प्रयोग गर्नुपर्नेमा स्थानीय घोर्लेभीर ९खानी० को माटो प्रयोग गरेको पाइएको प्राविधिक कर्मचारीले बताए ।
यता ठेकेदार कम्पनी देउमाई निर्माण सेवाका प्रोपाइटर रमेश बस्नेतले भने गुणस्तरहीन सामग्री नै प्रयोग गरिएको जिकिर गरे। उनले खोलाको मात्र ढुङ्गा–गिटी–बालुवा प्रयोग गरे बाटो बलियो नहुने भएकाले खानीको माटो पनि मिसाउनुपरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १८:०२
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...
जेष्ठ ४ गते, २०८३ - १७:४७
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...
जेष्ठ ४ गते, २०८३ - १७:३१
ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...
जेष्ठ ४ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...
जेष्ठ ४ गते, २०८३ - १६:५६
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...
जेष्ठ ४ गते, २०८३ - १६:४०
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...
जेष्ठ ४ गते, २०८३ - १६:२९
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...
जेष्ठ ४ गते, २०८३ - १६:१२
काभ्रे । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्। सोमबारदेखि काभ्रेमा...
जेष्ठ ४ गते, २०८३ - १६:०२
काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...
जेष्ठ ४ गते, २०८३ - १५:५३
ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...



प्रतिकृया लेख्नुहोस्: