काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जङ्गलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । २७ पुसको साँझ किशोरी सामूहिक बलात्कारमा परेकी हुन् ।
प्रहरीका अनुसार उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिप्रका काभ्रेका प्रमुख एसपी भाग्यन्द्रपुरुष ढकालले घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको र अनुसन्धानका लागि सात दिनको म्याद थप भएको बताए । उनले भने, ‘‘यस क्रममा घटनास्थल आसपासका शङ्कास्पद ६० भन्दा धेरैलाई पक्राउ गरियो । अन्ततः चारजना घटनामा संलग्न रहेको खुल्यो । उनीहरूलाई पक्राउ गरिएको छ ।’
किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्केकी थिइन् । साथी घर फर्किइन्, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । सोही क्रममा किशोरी रूखमा झुन्डिन तयार अवस्थामा फेला परेकी थिइन् ।
परिवारका सदस्यले तत्काल उद्धार गरेका थिए । यही क्रममा किशोरीमाथि सामूहिक बलात्कार भएको खुलेको थियो । सामूहिक बलात्कारको सीकार भए पनि घटनामा संलग्न अभियुक्तहरूलाई किशोरीले नचिन्ने रहिछिन् । प्रहरीले फरक ढङ्गले अनुसन्धान गरेर पहिचान गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...
पौष ६ गते, २०८२ - १०:१५
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...




प्रतिकृया लेख्नुहोस्: