काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका– ७ शिखरपुरस्थित जङ्गलमा १९ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । २७ पुसको साँझ किशोरी सामूहिक बलात्कारमा परेकी हुन् ।
प्रहरीका अनुसार उनलाई स्थानीय चार मजदुरले २७ पुसको साँझ सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न उदयपुर ताप्ली– ८ का धीरज हमाल, भोजपुर षडानन्द– ८ का घनश्याम श्रेष्ठ र अन्य दुई १७ वर्षका बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिप्रका काभ्रेका प्रमुख एसपी भाग्यन्द्रपुरुष ढकालले घटनामा संलग्न चार जनालाई पक्राउ गरिएको र अनुसन्धानका लागि सात दिनको म्याद थप भएको बताए । उनले भने, ‘‘यस क्रममा घटनास्थल आसपासका शङ्कास्पद ६० भन्दा धेरैलाई पक्राउ गरियो । अन्ततः चारजना घटनामा संलग्न रहेको खुल्यो । उनीहरूलाई पक्राउ गरिएको छ ।’
किशोरी २७ पुसको साँझ साथीसँगै इभिनिङ वाकमा घरबाहिर निस्केकी थिइन् । साथी घर फर्किइन्, तर किशोरी बेलुकासम्म पनि नफर्केपछि परिवारका सदस्य खोज्न निस्केका थिए । सोही क्रममा किशोरी रूखमा झुन्डिन तयार अवस्थामा फेला परेकी थिइन् ।
परिवारका सदस्यले तत्काल उद्धार गरेका थिए । यही क्रममा किशोरीमाथि सामूहिक बलात्कार भएको खुलेको थियो । सामूहिक बलात्कारको सीकार भए पनि घटनामा संलग्न अभियुक्तहरूलाई किशोरीले नचिन्ने रहिछिन् । प्रहरीले फरक ढङ्गले अनुसन्धान गरेर पहिचान गरेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: