Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हिमाली जिल्लाहरूमा हिउँ नपर्दा भोकमरीको चिन्ता

सधैँ हिउँले ढाकिने सेताम्मे डाँडाकाँडा कालापत्थरमा परिणत हुँदै

खबरडबली संवाददाता

मनाङ  । मङ्सिरदेखि हिउँ पर्न सुरु हुने हिमाली जिल्लाहरूमा यसपालि हिउँ देखिन छाडेको छ । समयमै हिउँ नपर्दा मौसममा परिवर्तन आएको छ । सधैँ हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा अहिले मरुभूमि जस्तै बनेका छन् अनि कालापत्थरमा परिणत हुँदै गएका छन् ।

वर्षको दुई महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने मनाङी किसान हिउँ नपर्दा चिन्तित भएका छन् । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने अनि बालीनाली पनि फस्टाउने स्थानीय किसान बताउँछन् । मङ्सिरबाट पर्नुपर्ने हिउँ यसपालि त माघ लागिसक्दा पनि देख्नै मुस्किल परेको छ । 

कृषि तथा पर्यटनलाई नजिकैबाट नियालिरहेका नासोँ गाउँपालिका–८, ताचैका स्थानीय युवा यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नहुँदा पर्यटन व्यवसायमा ठुलो असर गरेको तर्क गरे । उनले भने, “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटकले के हेर्ने ?” उनले हिमाली क्षेत्र नै खतरामा परेको उल्लेख गर्दै समयमा हिउँ नपर्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमसी, पाँचऔँले, चिराइतो आदिको उत्पादनमा कमी आउने बताए । यसले प्रत्यक्ष रूपले मानव जीवनमा असर गर्ने उनको तर्क थियो । मनाङका स्थानीयको आत्मनिर्भर हुने बाटो नै बन्द भएको गुनासो गर्दै उनले थपे, “समयमा हिउँ नपर्दा बालीनाली गहुँ, उवा उम्रिएको छैन, त्यसैले धेरै उत्पादन गरेर मुनाफा कमाउनेभन्दा पनि कसरी बाँचौँ भन्ने कुराले सताउन थालेको छ ।” 

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जलवायु परिवर्तनमा असर परेकाले यसपालि मङ्सिरपछि हिउँ नपरेको बताए । उनले चिसो कम भएकाले तापव्रmम वृद्धि भएको उल्लेख गर्दै हिउँ नपर्दा हिमपहिरो थुप्रिने सम्भावना कम हुँदै जाने बताए । हिउँ नपर्दा सुक्खाको मात्रा बढ्ने तथा बढी चिसो हुने हुँदा बालीनाली नसप्रिने उनको तर्क थियो । विगतका वर्षमा मङ्सिर र पुसमा गरी दुई पटक हिउँ परेको नासोँ गाउँपालिका–८ का वडाध्यक्ष याद घलेले बताए । उनले यसपालिको मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपर्दा प्राकृतिक स्रोतसाधनको कमी हुने तथा वनस्पतिलाई असर गर्ने बताए । संरक्षण क्षेत्र व्यवस्थापन समिति ताचैका पूर्वअध्यक्षसमेत रहेका घलेले यसपालि उवालगायतका बालीनाली पनि नउम्रेको बताए । घलेले विगतका वर्षमा यतिबेला जताततै हरियाली भएको स्मरण गरे । हिउँ नपर्दा किसानलाई अब भोकमरी पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ ।  

मनाङ ङिस्याङ गाउँपालिका–५, पिसाङका चौँरीपालक किसान याङ्डु गुरुङले सधैँ मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न सुरु हुने भए पनि यसपालि हिउँ देख्न नपाएको बताए । त्यस्तै पिसाङकै स्थानीय युवा राम गुरुङले जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताए । उनले भने, “जाडोयाममा हिउँले डाँडा सबैतिर सेताम्मे देखिन्थे तर यसपालि त हिमालमा समेत हिउँ छैन । सेता हिमाल काला हुँदै गएका छन् ।” पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ देख्न मुस्किल भएको उहाँको भनाइ थियो । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायतका हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँको हिमनदी पग्लने क्रम बढेको छ । 

जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म हिउँ नपरेको नासोँ गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताए । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनको भनाइ रहेकाे समाचार गाेरखापत्रमा रहेकेा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending