Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

हिमाली जिल्लाहरूमा हिउँ नपर्दा भोकमरीको चिन्ता

सधैँ हिउँले ढाकिने सेताम्मे डाँडाकाँडा कालापत्थरमा परिणत हुँदै

खबरडबली संवाददाता

मनाङ  । मङ्सिरदेखि हिउँ पर्न सुरु हुने हिमाली जिल्लाहरूमा यसपालि हिउँ देखिन छाडेको छ । समयमै हिउँ नपर्दा मौसममा परिवर्तन आएको छ । सधैँ हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा अहिले मरुभूमि जस्तै बनेका छन् अनि कालापत्थरमा परिणत हुँदै गएका छन् ।

वर्षको दुई महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने मनाङी किसान हिउँ नपर्दा चिन्तित भएका छन् । हिउँ परेपछि जमिन तथा मल भिजेर रसिलो हुने अनि बालीनाली पनि फस्टाउने स्थानीय किसान बताउँछन् । मङ्सिरबाट पर्नुपर्ने हिउँ यसपालि त माघ लागिसक्दा पनि देख्नै मुस्किल परेको छ । 

कृषि तथा पर्यटनलाई नजिकैबाट नियालिरहेका नासोँ गाउँपालिका–८, ताचैका स्थानीय युवा यज्ञ घलेले हिमाली क्षेत्रमा हिउँ नहुँदा पर्यटन व्यवसायमा ठुलो असर गरेको तर्क गरे । उनले भने, “कलकारखाना नभएको हिमाली जिल्लामा हिउँ नै नहुँदा पर्यटकले के हेर्ने ?” उनले हिमाली क्षेत्र नै खतरामा परेको उल्लेख गर्दै समयमा हिउँ नपर्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमसी, पाँचऔँले, चिराइतो आदिको उत्पादनमा कमी आउने बताए । यसले प्रत्यक्ष रूपले मानव जीवनमा असर गर्ने उनको तर्क थियो । मनाङका स्थानीयको आत्मनिर्भर हुने बाटो नै बन्द भएको गुनासो गर्दै उनले थपे, “समयमा हिउँ नपर्दा बालीनाली गहुँ, उवा उम्रिएको छैन, त्यसैले धेरै उत्पादन गरेर मुनाफा कमाउनेभन्दा पनि कसरी बाँचौँ भन्ने कुराले सताउन थालेको छ ।” 

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जलवायु परिवर्तनमा असर परेकाले यसपालि मङ्सिरपछि हिउँ नपरेको बताए । उनले चिसो कम भएकाले तापव्रmम वृद्धि भएको उल्लेख गर्दै हिउँ नपर्दा हिमपहिरो थुप्रिने सम्भावना कम हुँदै जाने बताए । हिउँ नपर्दा सुक्खाको मात्रा बढ्ने तथा बढी चिसो हुने हुँदा बालीनाली नसप्रिने उनको तर्क थियो । विगतका वर्षमा मङ्सिर र पुसमा गरी दुई पटक हिउँ परेको नासोँ गाउँपालिका–८ का वडाध्यक्ष याद घलेले बताए । उनले यसपालिको मङ्सिरमा पर्नुपर्ने हिउँ अहिलेसम्म नपर्दा प्राकृतिक स्रोतसाधनको कमी हुने तथा वनस्पतिलाई असर गर्ने बताए । संरक्षण क्षेत्र व्यवस्थापन समिति ताचैका पूर्वअध्यक्षसमेत रहेका घलेले यसपालि उवालगायतका बालीनाली पनि नउम्रेको बताए । घलेले विगतका वर्षमा यतिबेला जताततै हरियाली भएको स्मरण गरे । हिउँ नपर्दा किसानलाई अब भोकमरी पर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको उनको भनाइ छ ।  

मनाङ ङिस्याङ गाउँपालिका–५, पिसाङका चौँरीपालक किसान याङ्डु गुरुङले सधैँ मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न सुरु हुने भए पनि यसपालि हिउँ देख्न नपाएको बताए । त्यस्तै पिसाङकै स्थानीय युवा राम गुरुङले जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताए । उनले भने, “जाडोयाममा हिउँले डाँडा सबैतिर सेताम्मे देखिन्थे तर यसपालि त हिमालमा समेत हिउँ छैन । सेता हिमाल काला हुँदै गएका छन् ।” पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ देख्न मुस्किल भएको उहाँको भनाइ थियो । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायतका हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँको हिमनदी पग्लने क्रम बढेको छ । 

जिल्लाको माथिल्लो क्षेत्रमा केही मात्रामा फाट्टफुट्ट हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म हिउँ नपरेको नासोँ गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले बताए । हिमपात नहुँदा चिस्यान नहुने, आलु, उवा र फापर छर्ने ठाउँमा जोत्न पनि मुस्किल भएको उनको भनाइ रहेकाे समाचार गाेरखापत्रमा रहेकेा छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending