मकवानपुर । बागमती प्रदेश सरकारको एक वर्षे अवधिमा दुई सय ७२ किलोमिटर पक्की सडक निर्माण गरिएको छ भने एक सय ५९ किलोमिटर ग्राभेलस्तरको सडक निर्माण तथा स्तरोन्नति भएको जनाइएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारले एक वर्षको अवधिमा सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै पूर्वाधार क्षेत्रमा उल्लेख्य कार्य गरेको बताए ।
एक वर्षको अवधिमा २६ वटा सडक पुल तथा छ वटा झोलुङ्गे पुल निर्माण, तीन सय ६४ किलोमिटर सडकको नियमित तथा तीन सय ७० किलोमिटर सडकको आवधिक तथा पटके मर्मतसम्भार गरिएको मुख्यमन्त्री जम्कट्टेलको कार्य प्रगतिमा उल्लेख छ ।
प्रदेश सरकारको प्रशासनिक भवन निर्माणका लागि वातावरणीय अध्ययनको प्रक्रिया अघि बढाइएको तथा दक्षिण एसियाको पहिलो सुरुङमार्ग ‘चुरियामाई सुरुङमार्ग’ मर्मत सम्पन्न गरिएको, दुई वटा सरकारी, एक सय ७६ वटा सामुदायिक तथा अन्य भवन निर्माण, छ वटा पार्क निर्माण, जनता आवास कार्यक्रमअन्तर्गत दुई सय ५५ वटा व्यक्तिगत आवास निर्माण भएको पनि जनाइएको छ ।
यो अवधिमा कर्मचारी प्रशासन तथा सेवा प्रवाह र विकास निर्माणमा एक वर्षे कार्यकाल उत्कृष्ट रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी छ । प्रदेश सरकारको एक वर्षे कार्यकालमा अन्तरतह समन्वय तथा सहकार्यको काम परिणाममुखी भएको उनले बताए । सो अवधिमा हेटौँडामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक गरी नौबुँदे निर्णयको पत्र प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष पेस गरिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहलाई कूल रु चार अर्ब ६३ करोड वित्तीय हस्तान्तरण निकासा गरिएकोमा चालु आर्थिक वर्षको मङ्सिरसम्ममा रु दुई अर्ब ९१ करोड निकासा गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।
सवारी साधन कर बाँडफाँटतर्फ चालु आवको मङ्सिरसम्म स्थानीय तहलाई रु एक अर्ब ८९ करोड हस्तान्तरण, भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सशर्त अनुदान निकासा, नमूना वडा समाजवादी कार्यक्रमको कार्यविधि स्वीकृत गर्दै छनोट भएका वडामा रु एक करोडसम्म अनुदान पाउने व्यवस्था मिलाइएको पनि उनले बताए ।
प्रदेश सरकारले चालु आवको मङ्सिरसम्म चालुतर्फ रु पाँच अर्ब १५ करोड, पुँजीगततर्फ रु दुई अर्ब ६९ करोड खर्च गरेको पनि मुख्यमन्त्री कार्यालयले जारी गरेको एक वर्षे उपलब्धिमा उल्लेख छ ।
चालु आवको मङ्सिरसम्म बाँडफाँटबाट प्राप्त हुने रु छ अर्ब ६० करोड, सङ्घीय सरकारबाट प्राप्त अनुदानतर्फ रु सात अर्ब ५६ करोड, प्रदेश स्रोतबाट रु एक अर्ब ३७ करोड तथा बेरुजु र नगद मौज्दात गरी रु ६५ करोड ३३ लाख राजस्व सङ्कलन भएको कार्य प्रगति विवरणमा जनाइएको छ ।
प्रदेश सरकारले ३० प्रतिशतसम्म खर्च कटौती गर्ने निर्णय गरेको तथा विभिन्न सहकारी सङ्घ संस्थाको कार्यालय प्रयोजनका लागि घर जग्गा रजिस्ट्रेसन शुल्क छुट दिने, बागमती सभ्यता शुल्क र नारायणी सभ्यता शुल्क खारेज गरिएको पनि सरकारको उपलब्धिका रुपमा चित्रण गरिएको मुख्यमन्त्री जम्कट्टेलको दावी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: