Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छुः स्वास्थ्यमन्त्री बस्नेत

खबरडबली संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको उदघाटन कार्यक्रममा मन्त्री बस्नेतले  यस्तो बताएका हुन् । 

उनले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको र अर्को समूह काम नगर्ने गरेको आफूले थाहा पाएको बताउँदै उनले भने, “मलाई बद्नाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ ।”

महिलाको स्तन क्यान्सर भए÷नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपिडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरुको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताए । उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिए । उनले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिकसत्रदेखि एमबिबिएस पढाई हुने व्यवस्था गरिएको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending