Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

रोङका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

खबरडबली संवाददाता

इलाम । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए । मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ । 

रोङ –१ शिरिसेका पदम  राईले आठवटा आधुनिक घार र १७ वटा परम्परागत मुडे घारमा मौरीपालन गर्नुभएको छ । उहाँले आधुनिक एक घार बराबर एकपटकमा दश केजी र एउटा मुडे घारबाट तीन केजी मह उत्पादन गर्दै आउनुभएको छ । वर्षमा दुईपटक मह काढ्ने गरेको उनले बताए । “चैत, वैशाखमा र मङ्सिरमा गरी दुईपटक गरेर वर्षमा दुई क्विन्टल मह उत्पादन भइरहेको छ,” उनले भने, “स्थानीय बजारमा प्रतिकेजी एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म मह बिक्री हुने गरेको छ ।”

किसान राईले महभन्दा धेरै त मौरीको गोला बिक्री गर्छन् । गोलालाई दुई हजारदेखि तीन हजार पर्ने र रानी मात्र लैजानेलाई एक हजार रुपैयाँ पर्ने उनले बताए । गोला बिक्री गर्नेको मह कम उत्पादन हुने उहाँको भनाइ छ । उनीसँग अनुदानमा पाएको आधुनिक घारमात्र भएकाले घार बिक्री गर्न पाएन तर मुडे घार चाहिँ चार हजार रुपैयाँमा धमाधम बिक्री भइरहेको उनको भनाइ थियो ।  

गाउँपालिकाले यहाँका किसानलाई गुणस्तरीय मह उत्पादन र घार व्यवस्थापन गर्ने तालिम दिएको छ । “अनुदानमा घार उपलब्ध गराएका छौँ, रोङ महमा दुई वर्षमा एक करोड हाराहारीको लगानी भएको छ,” गाउँपालिका अध्यक्ष स्याङ्बोले भने, “वडावडामा मौरी सञ्जाल गठन गरेर, पालिकास्तरीय सञ्जाल बनाइसकेका छौँ । आगामी वर्षदेखि हनी बैङ्कको विकास गर्ने तयारी छ ।”  

‘हनी बैङ्क’मा किसानले उत्पादन गरेका गुणस्तरीय मह सङ्कलन गरिन्छ । सङ्कलन भएको महको निश्चित प्रतिशत उत्पादनपश्चात् अनुदानको व्यवस्था गरिदिने गाउँपालिकाको योजना छ । “केलाई गुणस्तरीय मान्ने भन्नका लागि एप्लिकेसन तयार हुँदैछ, उक्त एप्लिकेसनमा मह उत्पादन गुणस्तरीय बनाउन किसानले पूरा गर्नुपर्ने सूचकहरु राखिएको हुनेछ,” अध्यक्ष स्याङ्बोले भने, “हनी बैङ्कमा आबद्ध बन्नका लागि साउनमै कृषकले आवेदन गर्नुपर्छ ।” 

बैङ्कमा सङ्कलन भएको महलाई बजारीकरणका लागि गाउँपालिकाले बजारीकरण गर्ने उनले बताए । अहिले एक हजार आठ सयमा बिक्री भइरहेको मह पाँच हजार केजीमा बिक्री गर्ने तयारी गाउँपालिकाको छ । 

“सहकारीलाई हनी बैङ्क व्यवस्थापनको जिम्मेवारी दिएर त्यसका लागि आवश्यक बीउ पूँजी कुनै बैङ्कमा सहुलियत कर्जाको व्यवस्था गरिदिन्छौँ र उक्त कर्जाको ब्याज गाउँपालिकाले तिरिदिन्छौँ,” उनले भने, “गाउँपालिकाले सामुदायिक वनलाई मौरीको कार्यक्रम अनिवार्य गरेको छ । मौरीको कार्यक्रम बिना सामुदायिक वनको वार्षिक योजना स्वीकृत नै हुँदैन ।”

मौरी पर्यावरणीय सन्तुलन कायम गर्ने यति महत्वपूर्ण प्रजातिमा पर्छ कि किसानको हकमा त यो परागसेचन उत्पादनसँग पनि यस्को महत्व जोडिन्छ । “प्रत्यक्ष हेर्दा मौरीपालनले महमात्र उत्पादन भएको देखिए पनि अप्रत्यक्ष रुपमा विषादी न्यूनीकरण, परागसेचन, इको सिस्टम, पर्यावरण आदिका लागि मौरीको महत्व रहन्छ । किसानलाई आम्दानीसँग जोड्न सकिन्छ । विषादी न्यूनीकरणमा उनीहरु नै अभियन्ताका रुपमा जन्मिन्छन् भने यसलाई कुनै पैसासँग तुलना गर्न सकिँदैन भन्ने यो परियोजनाको मेन थिम हो,” अध्यक्ष स्याङ्बोले भने ।

पत्रकारिता छाडेर कृषि पेसालाई व्यावसायिक बनाउन सुरु गर्नुभएका शिरिसेका पदम राईलाई छिमेकी विष्णुप्रसाद बरालले मौरीपालनमा प्रोत्साहन गरेका रहेछन् । “काका विष्णु प्रसादले त वर्षमा तीन क्विन्टल जति बनाउनु हुन्छ, सुरुमा यस क्षेत्रमा तालिम लिएर मौरीपालन सुरु गर्नुभएको उहाँले नै हो,” उनले भने। 

वडा नं ६ का दावा स्याङ्बोले एक सय ५० घारमा मौरीपालन गर्नुभएको छ । करिब ४० वटाका दरले पाँचवटा छुट्टाछट्टै स्थानमा घार व्यवस्थापन गर्नुभएका स्याङ्बोले २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आएको बताए । “मौरीलाई स्याहारका लागि खटिरहनु पर्दैन, उत्पादनको पाँच प्रतिशतमात्र घारका लागि खर्च गरियो भने मौरी फस्टाउँछ,” उनले भने । मह बिक्री गर्न समस्या छैन । व्यापारी घरमै आइपुग्छन् । घरबाट नै प्रतिकिलो रु एक हजार पाँच सयका दरले मह बिक्री हुँदै आएको उनले बताए । उनले वार्षिक दुई सय ५० किलोसम्म मह उत्पादन गर्दै आएका छन् ।

अर्का मौरीपालक किसान प्रेमबहादुर राईले वार्षिक करिब एक सय किलो मह उत्पादन गर्छन्। ३० वटा आधुनिक घारमा मौरी पाल्नुभएका राईले व्यावसायिक महबाटै आत्मनिर्भर भएको बताए । 

रोङ गाउँपालिकामा गुणस्तरीय र व्यावसायिक मह उत्पादनको अभियान चलिरहेको हो । सधैँ र सबै ठाउँमा किन्न पाइँदैन ‘रोङ मह’ भन्ने नारालाई सार्थक बनाउन पालिकाले विभिन्न प्रयास गरिरहेको उपाध्यक्ष विष्णुमाया भुजेलले बताइन् । गुणस्तरीय मह उत्पादन गरेर महको आफ्नै ब्रान्ड बनाउने गरी योजना ल्याएको गाउँपालिकाले मह उत्पादन गर्ने किसानको पालिकास्तरीय समिति एक साताअघि बनाएको छ । 

सबै वडाका मौरीपालक किसानको भेलाले केशवप्रसाद लुइँटेलको संयोजकत्वमा पालिकास्तरीय मौरीपालक कृषि सञ्जाल समिति गठन गरिएको छ । संयोजक लुइँटेलले यसअघि पालिकाका सबै वडामा मौरीपालक किसानको वडास्तरीय सञ्जालसमेत गठन भइसकेको बताउनुभयो । वडा १ को संयोजकमा टीका नेचाली राई, वडा २ को संयोजक लीलाधर भण्डारी, ३ मा गीता अर्याल, ४ मा मानसिंह तामाङलगायत रहेका छन् । 

मह उत्पादनमा गाउँपालिका नै लागि परेपछि स्थानीय यस व्यवसायतर्फ आकर्षित भएका हुन् । सुरुमा मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि रु ११ लाख छुट्याए पालिकाले, दोस्रो वर्ष २० लाख बजेट छुट्याएको थियो । उक्त बजेटमा किसानले आधुनिक मौरीपालनको सीप सिक्ने, अनुदानमा घार प्राप्त गर्ने अवसर पाएका थिए ।

चालु आर्थिक वर्षमा व्यावसायिक मौरीपालनका लागि पालिकाले रु ५० लाख रकम विनियोजन गरेको छ । गाउँपालिकाले मौरी विकास केन्द्र नै स्थापना गरेर मौरीपालनको विकासमा लागेको उपाध्यक्ष भुजेलले बताइन् ।  अध्यक्ष स्याङ्बो भने, “विषादी न्यूनीकरणका लागि राज्यले गर्न खोजेका हरेक प्रयासहरु असफल भइरहेका छन् । औसतमा धेरै दीर्घरोेगीको सङ्ख्या बढेर गएको छ । यो अवस्थामा वातावरणीय सन्तुलन कायम राख्न सक्ने मौरीपालन हाम्रो प्रकृतिप्रतिको सम्मान पनि हो ।” 

महको प्रचलित मूल्यप्रति भने उनी असन्तुष्ट छन् । महलाई प्रतिकेजी पाँच हजार बनाउने उनको लक्ष्य छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending