काठमाडौं। राष्ट्रपति सी जिनपिङले कोभिडपछि आर्थिक सुधार रोकिँदा वित्तीय आँकडा लगातार निराशाजनक रहे पनि चिनियाँ अर्थतन्त्र सन् २०२३ मा ‘थप लचिलो र गतिशील’ भएको बताएका छन् ।
राष्ट्रपति सीले विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्वमा चुनौतीपूर्ण २०२३ को सामना गरेका छन् । उनको प्रशासनले एक वर्षअघिको आफ्नो कठिन शून्य–कोभिड नीतिलाई तीव्ररूपमा समाप्त गरेपछि आर्थिक सुधारलाई कायम राख्न् सङ्घर्ष गरिरहेको छ ।
यद्यपि सीले राज्य प्रसारक सिसिटिभीमा भने, “अर्थतन्त्रले ‘तूफानको सामना गरेको’ छ ।” उनले ‘उच्च गुणस्तरको विकास’ र विद्युतीय वाहन, लिथियम बेट्री तथा सौर्य प्यानलजस्ता उदीयमान उद्योगलाई प्रवर्द्धनलाई स्वागत गर्दै भने “अर्थतन्त्र पहिलाभन्दा थप लचिलो र गतिशील भएको छ ।”
“आगामी वर्ष हामीले आर्थिक सुधारको सकारात्मक प्रवृत्तिलाई मजबुत बनाएर अगाडि बढाउनुपर्छ र दीर्घकालीन आर्थिक स्थिरता हासिल गर्नुपर्छ”, उनले भने ।
केही कठिनाइलाई स्वीकार गर्दै राष्ट्रपति सीले भने, “केही कम्पनीहरूले सञ्चालन दबाबको सामना गर्नुपरिरहेको छ र केही मानिसले रोजगारी र जीवनयापनमा कठिनाइको सामना गर्नुपरिरहेको छ, यी सबै कुराले मलाई अत्यन्त चिन्तित बनाउँछ ।”
“हाम्रो लक्ष्य महत्त्वाकांक्षी हुनाका साथै अत्यन्त सरल पनि छ, अन्त्यमा यसले मानिसहरूलाई राम्रो जीवन यापनमा मद्दत गर्नु हो”, उनले भने ।
रेकर्ड युवा बेरोजगारी र महत्त्वपूर्ण सम्पत्ति क्षेत्रमा लगातार ऋण सङ्कटले यस वर्ष चीनको वृद्धिलाई प्रभावित गरेको छ । आइतबार जारी आधिकारिक आँकडाअनुसार डिसेम्बरमा राष्ट्रव्यापी कारखाना गतिविधिमा गिरावट आएको छ । यो गिरावट सङ्कुचनको लगातार तेस्रो महिना हो ।
विश्लेषकहरूका अनुसार बेइजिङले करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक विकास लक्ष्य हासिल गर्नका लागि सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८१ - ०९:४२
काठमाडौं । जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी आइतवार गर्ने नेपाल भ्रमणमा जापानबाट नेपालमा लगानी भित्र्याउने विषयलाई प्रमुखताका साथ उठाइने अधिक...
बैशाख २१ गते, २०८१ - ०९:३१
बारा । चैतभित्रै किसानले चैतेधान रोपाइँ सम्पन्न गरिसक्नुपर्नेमा लामो समयदेखिको खडेरीले गर्दा जिल्लामा करिब ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्...
बैशाख २१ गते, २०८१ - ०९:२८
नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन् । करिब...
बैशाख २१ गते, २०८१ - ०८:४७
दोलखा । नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि आज दोलखामा भेला हुँदै छन्। ...
बैशाख २१ गते, २०८१ - ०८:३४
चितवन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको १०औँ जिल्ला अधिवेशनले नरेन्द्रकुमार कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।...
बैशाख २१ गते, २०८१ - ०८:२९
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस स्वतन्त्रत...
बैशाख २१ गते, २०८१ - ०८:२६
काठमाडौं । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै जाँ...
बैशाख २१ गते, २०८१ - ०८:०१
वासिङ्टन, डिसी । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गर्नुभएको ती...
बैशाख २१ गते, २०८१ - ०७:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न ला...
बैशाख २१ गते, २०८१ - ०७:४९
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ। कोशी प्रदेशमा नयाँ सरकार गठनमा देखिएको अवरोध हटाउने ब...
प्रतिकृया लेख्नुहोस्: