Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

नयाँ वर्षको उत्साहजनक सम्बोधनमा सीद्वारा ‘लचिलो’ अर्थतन्त्रको प्रशंसा

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रपति सी जिनपिङले कोभिडपछि आर्थिक सुधार रोकिँदा वित्तीय आँकडा लगातार निराशाजनक रहे पनि चिनियाँ अर्थतन्त्र सन् २०२३ मा ‘थप लचिलो र गतिशील’ भएको बताएका छन् । 

राष्ट्रपति सीले विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्वमा चुनौतीपूर्ण २०२३ को सामना गरेका छन् । उनको प्रशासनले एक वर्षअघिको आफ्नो कठिन शून्य–कोभिड नीतिलाई तीव्ररूपमा समाप्त गरेपछि आर्थिक सुधारलाई कायम राख्न् सङ्घर्ष गरिरहेको छ । 

यद्यपि सीले राज्य प्रसारक सिसिटिभीमा भने, “अर्थतन्त्रले ‘तूफानको सामना गरेको’ छ ।” उनले  ‘उच्च गुणस्तरको विकास’ र विद्युतीय वाहन, लिथियम बेट्री तथा सौर्य प्यानलजस्ता उदीयमान उद्योगलाई प्रवर्द्धनलाई स्वागत गर्दै भने “अर्थतन्त्र पहिलाभन्दा थप लचिलो र गतिशील भएको छ ।”

“आगामी वर्ष हामीले आर्थिक सुधारको सकारात्मक प्रवृत्तिलाई मजबुत बनाएर अगाडि बढाउनुपर्छ र दीर्घकालीन आर्थिक स्थिरता हासिल गर्नुपर्छ”, उनले भने । 

केही कठिनाइलाई स्वीकार गर्दै राष्ट्रपति सीले भने, “केही कम्पनीहरूले सञ्चालन दबाबको सामना गर्नुपरिरहेको छ र केही मानिसले रोजगारी र जीवनयापनमा कठिनाइको सामना गर्नुपरिरहेको छ, यी सबै कुराले मलाई अत्यन्त चिन्तित बनाउँछ ।”

“हाम्रो लक्ष्य महत्त्वाकांक्षी हुनाका साथै अत्यन्त सरल पनि छ, अन्त्यमा यसले मानिसहरूलाई राम्रो जीवन यापनमा मद्दत गर्नु हो”, उनले भने । 

रेकर्ड युवा बेरोजगारी र महत्त्वपूर्ण सम्पत्ति क्षेत्रमा लगातार ऋण सङ्कटले यस वर्ष चीनको वृद्धिलाई प्रभावित गरेको छ । आइतबार जारी आधिकारिक आँकडाअनुसार डिसेम्बरमा राष्ट्रव्यापी कारखाना गतिविधिमा गिरावट आएको छ । यो गिरावट सङ्कुचनको लगातार तेस्रो महिना हो ।

विश्लेषकहरूका अनुसार बेइजिङले करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक विकास लक्ष्य हासिल गर्नका लागि सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending