बनेपा । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक समृद्धिमार्फत उन्नतीको शिखरमा पुगेका देशहरू राजनीतिक क्रान्ति सम्पन्न गरेर मात्रै आर्थिक क्रान्तितर्फ अघि बढेको बताएका छान् । काठमाडौँ विश्वविद्यालयले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा डा भट्टराईले यस्तो बताएका हुन् ।
उनले नेपालमा राजनीतिक क्रान्ति सही दिशामा अघि बढ्न नसकेकाले आर्थिक विकासका मुद्दा ओझेलमा परेको बताए । नयाँ पुस्ताका युवाले सामाजिक सञ्जालमा राजनीतिककर्मी र पार्टीका नेतालाई गाली गर्नेभन्दा पनि सिर्जनशीलतामा लाग्नुपर्ने उनकाके भनाइ छ ।
नेपालको विकास नहुनुमा राजनीतिक र लोकतान्त्रिक व्यवस्था स्थिरता नहुनु मुख्य दोष भएको उल्लेख गर्दै डा भट्टराईले राजनीतिक क्रान्ति गरेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थासम्म आइपुग्दा गर्व गर्नुपर्ने बताए।
यसैगरी सोही अवसरमा पूर्व अर्थमन्त्री सुरन्द्र पाण्डेले नेपालमा सबैभन्दा ठूलो उद्योग शिक्षा क्षेत्र भएको बताउँदै प्रगतिका लागि शैक्षिक प्रतिष्ठानहरू स्थापना हुनुपर्ने बताए । विश्वविद्यालयहरूले आफ्नो गुणस्तरलाई स्तरोउन्नती गर्न आवश्यक रहेको बताउँदै उनले क्रियाशिल भएर बजार विस्तार गर्न विश्वविद्यालयहरूलाई सुझाव दिए ।
अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले नीतिगत समस्याकै कारण आर्थिक क्रान्तितर्फ देश अघि बढ्न नसकेको टिप्पणी गरे । उनले औद्योगिक क्रान्तिबिना आर्थिक क्रान्ति नहुने भएकाले औद्योगिक क्षेत्रको प्रवद्र्धन गर्ने र उद्योगीहरूको मनोबल विस्तार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले काठमाडौं विश्वविद्यालयमा हुने पढाइको विषयमा प्रचार गर्न सिङ्गो टिम लागिरहेको जानकारी दिएए । उनले विद्यार्थी भर्नाका लागि दबाब आउने तर जनशक्ति चाहियो भनेर कहिल्यै कसैले नसोध्ने प्रवृत्ति बलल्नुपर्नेमा जोड दिए ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्लेले एकेडेमिय इन्डष्ट्रिको रुपमा विश्वविद्यालयभित्र मात्रै नभएर राजनीतिक दलका घोषणापत्रमा पनि लेखिनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - ०८:१६
बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...
फाल्गुन ३० गते, २०८२ - ०८:१४
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...
फाल्गुन ३० गते, २०८२ - ०८:१३
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...
फाल्गुन ३० गते, २०८२ - ०८:०५
भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र
फाल्गुन ३० गते, २०८२ - ०८:०३
कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...
फाल्गुन ३० गते, २०८२ - ०७:४५
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको छ । बजारमा ग्यासको आपूर्ति...
फाल्गुन ३० गते, २०८२ - ०७:४१
सिद्धार्थनगर। भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने...
फाल्गुन ३० गते, २०८२ - ०७:३७
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाश...
फाल्गुन २९ गते, २०८२ - २०:५७
उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...
फाल्गुन २९ गते, २०८२ - २०:५४
काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...


प्रतिकृया लेख्नुहोस्: