खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताए ।
आफन्तले दिएको ओढ्ने/ओछ्याउने लिएर मतानमा बास सरिएको आगलागी पीडित रामहादुरले गुनासो गरे। “घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो । ऋण तिर्न भनेर तयार गरेको रु एक लाख ५० हजार नगदसमेत जल्यो । अहिले बस्ने बासकै टुङ्गो छैन । हामी त जसरी पनि बस्थिम । सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो”, उनले भने, “राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु । यो बेला सबैले सहयोग गरिदिनुहोला १” जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आगलागी पीडितलाई सहयोग गरिन लागेको जानकारी दिए।
यसैबीच आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिरलगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएको छन् ।
विद्युत् र ग्यासको पहुँच नभएका ग्रामीण बस्तीमा टुकी, अँगेनामा बालिएको आगो ननिभाइ छाड्नु आदि कारणले समेत आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । बजार क्षेत्रका बस्तीमा भएको आगलागीको मुख्य कारण भने विद्युत्, ग्यास सिलिन्डर पड्कनु, ग्यास चुहावट हुनु र धुप बाल्ने चलनलगायतका कारण रहेको बताइएको छ ।्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १८:०२
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई पार्टी सदस्यता दिने निर्णय गरेको छ। सोमबार दिउँसो अध्यक्ष केपी शर्मा ओली को निवास ग...
जेष्ठ ४ गते, २०८३ - १७:४७
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माविरुद्ध दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालतमा दिनभर दर्ता हुन नसकेपछि न्यायिक प्रशासनमाथि प्रश...
जेष्ठ ४ गते, २०८३ - १७:३१
ढल्केबर। इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले औषधी पसलमा ठूलो मात्रामा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको धनुषाधाम नगरपालिका...
जेष्ठ ४ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३ सय...
जेष्ठ ४ गते, २०८३ - १६:५६
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेक...
जेष्ठ ४ गते, २०८३ - १६:४०
काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग आग्...
जेष्ठ ४ गते, २०८३ - १६:२९
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसू...
जेष्ठ ४ गते, २०८३ - १६:१२
काभ्रे । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्। सोमबारदेखि काभ्रेमा...
जेष्ठ ४ गते, २०८३ - १६:०२
काठमाडौँ। मालपोत कार्यालय, भैरहवा रुपन्देहीमा कार्यरत ओमबहादुर खाम्चाविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएक...
जेष्ठ ४ गते, २०८३ - १५:५३
ओटावा। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी ९पीएचएसी० ले हान्ताभाइरसको पहिलो पुष्टि भएको सङ्क्रमण फेला परेको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल ब्रिटिश...



प्रतिकृया लेख्नुहोस्: