Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ जगाति पुलमा जगातिबाट साँगातर्फ जाँदै गरेको बा१०च ८२८३ नम्बरको निजी गाडीले सोही दिशाबाट आउँदै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा रोल्पा करेती गाउँपालिका–६ घर भई भक्तपुर बस्ने ३१ वर्षीय अर्जुन घर्तीमगरको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका घर्तीमगरको आज उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज भक्तपुरमा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 

त्यसैगरी काठमाडौँको गोकर्णेश्र नगरपालिका–१ सुन्दरीजलस्थित बसपार्क नजिक भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बा२ख २२८४ नम्बरको बसको ठक्करबाट पैदलयात्री मकवानपुर भीमफेदी गाउँपालिका–६ घर भई हाल काठमाडौँ सुन्दरीजल बस्ने २५ वर्षीय सरोज विकको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा आज मृत्यु भएको परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । 

त्यस्तै कञ्चनपुरमा ट्रयाक्टरको ठक्करबाट छ वर्षीय बालकको मृत्यु भएको छ । आज साँझ बेदकोट नगरपालिका–६ सिसैयामा ट्रयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

सिसैया चोकबाट करिब एक सय ५० मिटर उत्तरतर्फ से१त ८९३० नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा सिसैयाका अशोक चन्दका छोरा लभ चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए। 

बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–१३ बलिरामपुर बस्ने २२ वर्षीय कुन्दन मेहताखत्री र वडा नं १२ शीतलपुर बस्ने  २२ वर्षीय अभिमनु कुशवाहा रहेको जिल्ला प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। 

प्रसौनी गाउँपालिका–२ दुधौरा खोलापुलस्थितमा कलैयाबाट  वीरगञ्जतर्फ जाँदै गरेको मप्र०३–०३०–प ४३९८ नम्बरको  मोटरसाइकल अनियन्त्रित दुर्घटनामा परी उनीहरूको मृत्यु भएको प्रवक्ता न्यौपानेले बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती प्रदेशमा दश महिनामा सवारी दुर्घटनामा २६१ जनाको मृत्यु

ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

कैलाली । जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना ...

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालि...

सहकारी प्रकरणले सदन मुठभेडतर्फ, धकेलाधकेलपछि बैठक अनिश्चित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बिहीबारको बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि शुक्रबार बिहान ११...

सहकारी प्रकरण पेचिलो भएपछि कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । बिहान ८ः३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे स...

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बिहीबार सार्वजनिक...

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथौं पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जसपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चौथौं प...

वैवाहिक बलात्कारको मुद्दामा धरौटीमा रिहा भए गायक रवि ओड

काठमाडौं । वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपु...

दश महिनामा करिब एक्काइस अर्ब राजस्व संकलन

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ ।  कोष तथा लेखा नियन्त्रक कार्यालयका अ...

मधेसमा नेकपा एसले छाडेन जसपाको साथ, नयाँ समीकरणको गृहकार्यमा कांग्रेस

सरकार जोगाउन उपेन्द्रको दौडधूप, एमाले-माओवादीको पनि आ-आफ्नै दाउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies