काठमाडौं । भारतको नयाँ दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक खराबीका कारण करिब सात घण्टाको उडानपछि पुनः दिल्ली फर्किएको छ । ‘फ्लाइट राडार’को तथ्यांकअनुसार, बिहीबार बेलायतको हिथ्रो विमानस्थलतर्फ जाँदै गरेको ए–३५० विमान साउदी अरबको आकाशमा पुगेपछि फर्किएको हो ।
एक हप्ताभित्र एयर इन्डियाको उडानले प्राविधिक समस्याका कारण बीच बाटोबाटै ‘यू–टर्न’ लिनुपरेको यो दोस्रोपटक हो । यो उडान बिहीबार बिहान ६ः१३ बजे दिल्लीबाट प्रस्थान गरेको थियो । दिउँसो करिब १ः२० बजे पुन दिल्लीमा नै अवतरण भएको थियो ।
विमानमा केही शंकास्पद आवाज सुनिएपछि चालक दलले विमान फर्काउने निर्णय गरेका थिए । यो अवधीमा विमानले करिब ३३ सय किलोमिटरको दूरी तय गरिसकेको थियो । चार घण्टासम्म आकासमा उडिसकेको थियो । यो त्यही विमान हो जसमा यसअघि पनि समस्या देखिएको थियो ।
यसअघि १६ मार्चमा न्युयोर्क–दिल्ली उडानका क्रममा यही समस्या देखिएको थियो । त्यतिबेला एयरबससँगको परामर्शमा निरीक्षण गर्दा कुनै त्रुटि भेटिएको थिएन । त्यसयता यसले १० वटा उडान सफलतापूर्वक पूरा गरिसकेको थियो ।
एयर इन्डियाका प्रवक्ताले सुरक्षा सतर्कताका लागि विमानलाई दिल्ली फर्काइएको बताएका छन् । “विमान सुरक्षित रूपमा अवतरण भएको छ । एयर इन्डियाको उच्च सुरक्षा मापदण्ड अनुरूप यसको व्यापक प्राविधिक मूल्यांकन भइरहेको छ, जसमा थप समय लाग्नेछ,” उनले भने, “यात्रुहरूलाई खाजा र अन्य आवश्यक सहयोग उपलब्ध गराइएको छ ।” एनडीटीभीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...
चैत्र १२ गते, २०८२ - १९:२५
काठमाडौँ । नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि कुरा गर्दै प...
चैत्र १२ गते, २०८२ - १९:२१
काठमाडौं । पाँच करोड ७० लाख रुपैयाँ बराबरको ठगी तथा आपराधिक विश्वासघात कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको पाँचखाल न...
चैत्र १२ गते, २०८२ - १९:१९
काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेनजी बिद्रोहको भावनालाई सदनको रोष्टमब...
चैत्र १२ गते, २०८२ - १९:१६
काडमाडौं। आमाले सिलाइदिएको लहङ्गा र चोलियासहित पुर्खाैली थारु वेषभूषामा सजिएकी सांसद गीता चौधरीले संसद्मा आफ्नै थारु मातृभाषामा सपथ लिइन्। उनले सपथ लि...



प्रतिकृया लेख्नुहोस्: