काठमाडौं । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक भावी मन्त्रिपरिषद् गठनबारे कुनै औपचारिक छलफल नगरी सम्पन्न भएको छ। दुवै बैठकमा भावी प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन साह मौन रहे।
सांसदहरूको शपथपछि पार्टी कार्यालय घन्टाघरमा बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले पूर्वसहमति अनुसार साहलाई संसदीय दलको नेताका रूपमा प्रस्ताव गरेका थिए। प्रस्तावलाई उपस्थित केन्द्रीय सदस्यहरूले समर्थन जनाउँदै अनुमोदन गरेका थिए। बैठक केही मिनेटमै सकिएको थियो।
त्यसपछि बसेको संसदीय दलको बैठकमा पनि उही प्रक्रिया दोहोरिएको थियो। लामिछानेले शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्ताव गरेका थिए। प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरिएको थियो। नेताहरूले एकअर्कालाई बधाई आदानप्रदान गरे पनि शाहले बैठकमा धारणा सार्वजनिक गरेनन्।
बैठकमा मन्त्री चयनबारे छलफल हुने अपेक्षा गरिए पनि उक्त विषयमा कुनै औपचारिक चर्चा नभएको सहभागीहरूले बताएका छन्। एक सांसदका अनुसार सभापतिले “जो मन्त्री भए पनि मिलेर काम गर्नुपर्ने” मात्र उल्लेख गरेका थिए।
शाह भोलि प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। सोही दिन मन्त्रीहरूको समेत सामूहिक शपथ गराउने तयारी रहेको जनाइएको छ। तर, मन्त्री बन्ने व्यक्तिहरूको नामबारे पार्टीभित्रै स्पष्टता नभएको नेताहरू बताउँछन्।
पार्टी स्रोतका अनुसार शीर्ष तहमा आन्तरिक परामर्श जारी रहेको र नामहरू अन्तिम चरणमा पुगेको दाबी गरिएको छ। मन्त्रीहरूको सूची औपचारिक रूपमा सार्वजनिक नभएसम्म अनिश्चितता कायम रहने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: