Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

बागलुङमा २० हजार मेट्रिक टन धान उत्पादन

खबरडबली संवाददाता

बागलुङ । गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन् । रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।

गत वर्षभन्दा दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । बागलुङ मध्यपहाडी क्षेत्र भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था छ । सीमित सिँचाइको सुविधा हुँदाहुँदै पनि यहाँका किसानले धान उत्पादनमा मेहनत गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।

जिल्लाको सबैभन्दा बढी जैमिनी नगरपालिका र सबैभन्दा कम तमानखोला गाउँपालिकामा धान उत्पादन हुने गरेको छ । यस वर्ष किसानलाई मौसमले साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालले जानकारी दिए ।उनले भने, ‘अहिले पनि बागलुङका धेरै किसानाहरुले रैथाने जातको धानको बीउ प्रयोग गर्ने गरेको पाइन्छ, बिस्तारै नयाँ जातका बीउ प्रयोग गर्न थाल्नुभएको छ, नयाँ प्रविधि पनि अपनाउन थाल्नुभएको छ, पोहोर सालको भन्दा यस वर्ष केही मात्रमा धान उत्पादनमा वृद्धि भएको छ, किसानलाई परम्परागत खेती प्रणालीसँगै आधुनिकतासँग जोड्नका लागि कृषि ज्ञान केन्द्रले पनि नयाँ प्रयासहरु थालेको छ, कृषकहरुले कृषिलाई आधुनिकीकरण गर्नसके अहिलेको भन्दा बढी धान उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ ।’

उनका अनुसार यस वर्ष बर्खे धान पाँच हजार सात सय सात हेक्टरमा र चैते धान १० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । जैमिनी नगरपालिकाका किसान तिलक सापकोटाले अघिल्लो वर्षभन्दा यस वर्ष ५० प्रतिशतले धान उत्पादन बढी भएको बताए ।

गत वर्ष धान भित्र्याउने बेलाको हावाहुरी र ढिलो भएको वर्षाका कारण उत्पादनमा गिरावट आएको उनको भनाइ छ । गत वर्षसम्म रैथाने बीउ लगाएको जनाउँदै यस वर्ष नयाँ प्रजातिको बीउ लगाउँदा उत्पादन बढेको सापकोटाले बताए । हरेक वर्ष १० मुरी धान फल्ने गरेकामा यसपालि १५ मुरीभन्दा बढी उत्पादन भएको उनको भनाइ ।

बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभर मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । त्यसमध्ये बाह्रै महिना सिँचित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम ...

सदनलाई बाधारहित सञ्चालन गर्न सभामुखको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठकलाई नियमितरुपमा बाधारहित सञ्चालन गर्...

वर्षाले केही घट्यो वायु प्रदूषण

कामठाडौँ । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी...

सचिव कुमार लालको घरबाट ३५ करोड भारु बरामद

काठमाडौँ । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लाल र उनीसँग सम्बन्धित व्यक्तिहरूबाट कुल ३५ करोड २३ ल...

पोखरामा पर्यटकहरूलाई दुःख दिने पाँच जना पक्राउ

पोखरा । पोखरामा सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा पोखर...

मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् । सभामुखले ब...

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पारेको छन् ।  बैंक तथा वित्तीय क्षेत्रका प्...

जसपा फुटाउन मेरो भूमिका छैन- प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा फुटाउनुमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।  सभामुखले बोलाएको प्रधानमन्त्रीसहितको शिर्ष ...

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर ऋण दिने

काठमाडौँ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानहरू विविधीकरण गर्न र वित्तीय सेवाहरू...

दैलेख बजारमा भिषण आगलागी

काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगेको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies