वालिङ । कृषि पेसामा लागेका किसानको समस्या पहिचान गरी समाधान गर्न गल्याङ नगरपालिकाले कृषि प्राविधिकलाई किसानको घरदैलोमा खटाएको छ । नगरपालिकाका ११ वटै वडाका गाउँगाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्श दिइएको हो ।
गत असोजको अन्तिम सातादेखि सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको हो । किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँका किसान लाभान्वित भएका छन् । गाउँ गाउँमा रहेका सामान्य किसानलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा र सुविधासँग जोड्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए ।
“गाउँगाउँमा कृषि कर्म गरेर बस्नुभएका किसानको समस्याको घरमै पुगेर समाधान गर्ने र उहाँहरुलाई नगरपालिकासँग जोड्नका लागि दुई महिनासम्म यो अभियान सञ्चालन गर्यौँ”, उनले भने, “वास्तविक किसानको पहुँच पालिकासम्म विस्तार गर्न तथा किसानको गुनासो सुन्नका लागि यो अभियान प्रभावकारी रह्यो ।”
एघार वडाका ६१ गाउँका चार हजार एक सय ८७ किसान यो अभियानबाट लाभान्वित भएका छन् । स्थानीयस्तरका कृषि कार्यक्रम तथा योजनामा सीमित वर्गका व्यक्तिको मात्रै पहुँच पुग्ने तर वास्तविक किसानको पहुँच नगरसम्म नपुगेकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
निर्वाहमुखी कृषि तथा पशुपालनलाई व्यावसायिकतातर्फ उन्मुख गराउनका लागि अभियान सञ्चालन गरिएको नगरप्रमुख भट्टराईको दाबी छ । अभियान अवधिमा किसानका समस्या तथा गुनासा गाउँगाउँमै पुगेर टिपोर्ट गरिएको छ । गाउँका किसानको समस्याका बारेमा जानकारी लिएर आएकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा अझै प्रभावकारी हुने नगरउपप्रमुख हेमा न्यौपाने बताउँछिन् ।
किसानले गुणस्तरीय बीउबिजनमा पहुँच नभएको, निजी एग्रोभेटबाट प्राविधिकसहित बीउ र विषादीको भर पर्दै आइरहेको, खेतीपाती तथा पशुपालनबाट अपेक्षाकृत आम्दानी हुन नसकेको, बालीनाली बाँदरले क्षति पुर्याउने गरेकोजस्ता गुनासा तथा समस्या जनप्रतिनिधि र कृषि तथा पशु प्राविधिकमाझ राखेका थिए ।
गाउँगाउँमै पुगेर किसानका समस्या तथा गुनासो सुनी उनीहरुलाई प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले बताए । नगरपालिका कार्यालयले किसानका समस्याको पहिचान गरी समाधान गर्नुका साथै नियमित सम्पर्कमा राख्दै पहुँच विस्तारमा सहयोग पुग्ने उनले बताए ।
नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा वास्तविक किसानसमक्ष पुर्याउँदै कृषि र पशुपालनमा प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यसबाट टाठा बाठा तथा कागज मिलाउन जान्ने गैर किसान निरुत्साहित हुँदै जाने दाबी नगरपालिकाको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: