Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

म्याग्दीको झीँ गाउँमा आयातित रक्सीमाथि प्रतिबन्ध

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीँ गाउँमा आयातित रक्सीमाथि प्रतिबन्ध लगाइएको छ । झीँ गाउँमा युवा कुलतमा फस्ने र धनराशि बाहिरिनबाट रोक्न गाउँभेलामार्फत् आयातित रक्सी बिक्री वितरणमा रोक लगाइएको हो । 

परीक्षणका रुपमा एक वर्षअघिदेखि लागू गरिएको यो नियमका कारण गाउँमा रक्सी भित्रिँदा बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासीले बताएका छन् । 

विसं २०७९ मङ्सिर १६ गते झीँ गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित रक्सीमाथि पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट रक्सी गाउँमा लैजान बन्द गरेका छन् । 

विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा यो नियम लगाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लागेको र महँगा रक्सी खाँदा ठूलो धनराशि गाउँबाट बाहिरिँदा गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको उनको भनाइ छ ।  एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको उनले बताए ।

कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने गुणस्तर नभएका रक्सी खाँदा स्वास्थ्यमा समस्या देखिन थालेपछि स्थानीयवासीले यस्तो निर्णय गरेका हुन् । रक्सी खानेहरुलाई गाउँमै स्तरीय घरेलु रक्सी बनाएर खान पाउने व्यवस्था गरिएको छ । 

घरेलु रक्सी सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका रक्सीजन्य पदार्थ गाउँमा नभित्रिने भएकाले युवालाई समेत कुलतबाट टाढा राख्न सघाउ पुगेको स्थानीय गोविन्द पाइजाले बताए । विवाह, व्रतबन्ध, किरियालगायत विभिन्न संस्कारमा रक्सीमा धेरै रकम खर्च हुने गरेको तर आयातित रक्सीलाई निषेध गरेपछि फजुल खर्च कम भएको उनले बताए ।

मगर समुदायको बाहुल्यता रहेको झीँ गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीँ गाउँमा घरबाससमेत सञ्चालनमा  छ । यहाँ आउने पर्यटकहरुले स्थानीय कोदो, मकै, जौ, गहुँलगायतको अन्नबाट परम्परागत रुपमा बनाइएको रक्सी खान पाउने व्यवस्था रहेको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित रक्सीको बिक्री गर्न तथा खान रोक लगाएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending