Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

कांग्रेस बलियो भए मात्रै संविधानको रक्षा हुन्छः सभापति देउवा

खबरडबली संवाददाता

जनकपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् । 

नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा सुरुभएको प्रथम मधेस प्रदेश सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले सङ्यीयता, समावेशिता र परिछल्ला उपलब्धिमाथिको प्रहार रोक्न पनि कांग्रेस र मधेस बलियो हुनुपर्ने बताए । 

पूर्व प्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न अपनाइएका निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल सरकार बनाउन नसक्ने हुँदा गठबन्धन गर्नु परेको उल्लेख गरे । उनले पार्टीभित्रको अविश्वास र अन्तर्घातलाई रोकेर एकताबद्ध हुनसके कांग्रेसलाई थप ठूलो पार्टी बनाउन सकिने धारणा राखे । त्यसका लागि सबैले एकजुट भएर पार्टी सङ्गठन निर्माणमा लाग्नुपर्ने उनको भनाइ थियो । 

सम्मेलनमा पार्टी उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मधेशलगायत प्रदेश सरकारले सङ्घीयताको कार्यान्वनका सन्दर्भमा व्यक्त भएका असन्तुष्टि सम्बोधन गर्न कांग्रेससहितको वर्तमान सरकारले छिट्टै आवश्यक प्रक्रिया टुङ्गोमा पुर्याउने देउवाको भनाइ छ ।

उनले विगतमा मधेशवादी दलहरुले संविधान संशोधनका लागि उठाएका माग सम्बोधन गर्न कांग्रेसले दोस्रो पटक संविधान संशोधनको प्रस्ताव पेश गरे पनि अन्य दलका कारणले सफल नभएको स्मरण गर्दै फेरि पनि कांग्रेसले नै मधेसका चिन्ता र चासो सम्बोधन गर्न नेतृत्व गर्ने बताए । 

त्यसैगरी उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता कार्यान्वयनका लागि बाँकी रहेका काम टुङ्ग्याउन आवश्यक कानुन बनाउने प्रक्रिया सुरु भइसकेको बताए ।

उनले संसद्को आउँदो अधिवशेनमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका धेरै कानुन निर्माण गरिसक्ने र तत्काल गर्नुपर्ने कामका लागि अध्यादेशको सहारा लिन सकिने पनि बताए । 

महामन्त्री गगनकुमार थापाले देशमा बढ्दै गएको कुशासनका कारण जनतामा निराशा बढेको र त्यसलाई आशामा बदल्न कांग्रेसले नै अग्रसरता लिनुपर्ने बताए । पछिल्लो समय बढेका आक्रोसका आवाजलाई विभिन्न कोणबाट समीक्षा गरे पनि त्यस्तो तागत जनअसन्तुष्टिका कारण प्राप्त भइरहेको भन्दै महामन्त्री थापाले त्यसलाई सम्बोधन गर्न काम गरेर देखाउनुको विकल्प नभएको बताए ।

उनले भने, “जनता रिसाएका छन् । बेथिति बढेको छ, व्यवस्थाले काम गर्न सकेन भन्ने आरोप छ । तर त्यसको जिम्मा कसले लिने हो रु चार प्रदेशमा मुख्यमन्त्री, सात प्रदेशमा कांग्रेससहितका सरकार, सबैभन्दा बढी पालिकामा कांग्रेसकै जनप्रतिनिधि छन् । त्यसैले हामीले बोलेर होइन काम गरेर देखाउनुपर्छ ।”

त्यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले मधेसमा सङ्घीयताका लागि उठेका नारा कांग्रेस नेतृत्वले सुनेकै कारण तत्कालीन अवस्थामा देशमा सङ्घीयता आएको भन्दै यसको रक्षाको दायित्व पनि मधेस र कांग्रेसको काँधमा रहेको बताए ।

उनले मधेसमा कांगे्रस बलियो भएका बेला देशले कांग्रेसको नेतृत्व पाएको र त्यही तागतमा सधैँ परिवर्तन सम्भव भएको बताए । “अहिले पनि मधेसका गुनासो, असन्तुष्टिहरु छन् । तिनको सम्बोधनका लागि कांग्रेसले समन्वय गर्छ । मधेश मुस्कुराएमा मात्रै देश मुस्कुराउन सक्छ, सामाजिक रुपान्तरणसहितको यात्रा सफल हुनसक्छ । त्यसमा हामी सचेत छौँ”, महामन्त्री शर्माले भने । 

पार्टीका प्रदेश सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आम्दम्बे, महेन्द्र यादव, पार्टी प्रवक्ता डा प्रकाशशरण महत, अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गाना, केन्द्रीय सदस्यहरु मिनाक्षी झा, अजयकुमार चौरसिया, किरण यादव, पद्मनारायण चौधरी, रमेश रिजाल, पार्टीका प्रदेश सभापतिरू वीरबहादुर बलायर (सुदूरपश्चिम), ईन्द्र बानियाँ (बागमती), अमर सिंह पुन (लुम्बिनी) लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending