Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

संकल्प यात्राले सिञ्चन गरेको आशा

प्रकाश सिलवाल

महाभारत श्रृङ्खलाभन्दा माथि मध्यपहाडका २६ जिल्ला तथा दुई सय १५ बस्तीहरूलाई जोड्ने गरी बनाइएको सो राजमार्गबाट हुने सुविधाका कारण उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनाका साथै सो क्षेत्रबाट हुने बसाईँसराईँ निरूत्साहित भई भौगोलिक तथा वातावरणीय सन्

करिब ५० लाख जनतालाई प्रत्यक्ष यातायात सुविधा पु¥याउने लक्ष्यका साथ रेखाङ्कन भएको मध्यपहाडी (पुष्पलाल) राजमार्गमा ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर नेकपा (एमाले) का नेताहरु काठमाडौँ फर्कन थालेका छन् । 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन गरिएको छ । नेपाली समाजलाई एकताको डोरीमा बाँधेर देशमा समृद्धि कायम गर्ने प्रयासमा यो एक उदाहरणीय राजनीतिक अभियान सावित भएको छ । 

महाभारत श्रृङ्खलाभन्दा माथि मध्यपहाडका २६ जिल्ला तथा दुई सय १५ बस्तीहरूलाई जोड्ने गरी बनाइएको सो राजमार्गबाट हुने सुविधाका कारण उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनाका साथै सो क्षेत्रबाट हुने बसाईँसराईँ निरूत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने अपेक्षा गरिएको छ । यस राजमार्गको रेखाङ्नभित्र पर्ने विभिन्न जिल्लामा नेपाल सरकारका १० वटा आधुनिक शहरहरू विकास गर्ने लक्ष्यसमेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसरहरू सिर्जना हुने र सर्वसाधरण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा नेपाल सरकारले गरेको छ । 

यस राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलहरू समेत यातायात पूर्वाधारको अभावमा यथेष्ट प्रचार प्रसार एवं विकास हुन नसकेको परिप्रेक्षमा राजमार्गको निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुनेछ । राजमार्ग निर्माण सम्पन्न भएपछि विद्यमान आर्थिक सामाजिक सूचकमा उल्लेख्य रूपमा परिवर्तन हुने सङ्केत देखिएको हुँदा यो राजमार्ग एउटा रूपान्तकारी योजना हुनसक्ने अपेक्षाका साथ नेपाल सरकारले आब २०६९÷७० देखि यो आयोजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरी उच्च प्राथमिकतामा राखेको छ । 

मध्यपहाडी क्षेत्रमा विकास र समृद्धिको आधारशीला तय गर्न मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित एमालेको सङ्कल्प यात्रा  नागरिक र कार्यकर्ताको उत्साहजनक सहभागिताको कारण यात्रा ठीक समयमा गरिएको ठीक निर्णय प्रमाणित भएको विश्लेषण एमालेको शीर्ष नेतृत्वले गरेको छ ।

एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गत मङ्सिर १४ गते राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा यही पुस १ गते पाँचथरको चिओभञ्ज्याङ्गमा पुगेर समापन भएको थियो । छिमेकी भारतसँग जोडिएका पश्चिम र पूर्वका यी सीमानासम्म छिचोल्न राजमार्गमा पर्ने २६ जिल्लामा एमालेले लगातार अभियानात्मक यात्रा गरेको थियो । यात्राबाट मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्न नेताहरु मौका मिलेको थियो भने स्थानीयबासीलाई  आफ्ना समस्या र अपेक्षा राख्ने अवसर जुरेको थियो । 

पहाडी क्षेत्रको पूर्वमा पाँचथरको चियोभञ्ज्याङ्ग (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीब एक हजार आठ सय ७९ किलोमिटर लम्बाईको वैकल्पिक राजमार्ग निर्माण गर्ने उद्देश्यका साथ नेपाल सरकारको आन्तरिक श्रोतबाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी आव २०६४/६५ देखि मध्यपहाडी राजमार्ग आयोजना सञ्चालन गरिरहेको छ ।

आयोजना सम्पन्न भई सम्पूर्ण सडक खण्डहरू कालोपत्रे स्तरमा पुगेपछि र प्रस्तावित सबै पुलहरूको निर्माण कार्य सम्पन्न भई सकेपछि मध्यपहाडी क्षेत्र हुँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै निर्वाध रूपमा यातायात सञ्चालनमा आउने छ । त्यसपछि यो सडक नेपालको सडक यातायात क्षेत्रमा मेरूदण्डका रूपमा स्थापित भई विकासका सबै सम्भावनाहरूको ढोका खोल्न कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ । 

पाँचथरबाट पश्चिमको बैतडीसम्म जाँदा बीचमा पर्ने मध्यपहाडी जिल्लाहरूलाई जोडी वैकल्पिक लोकमार्ग निर्माण गर्ने लक्ष्यका साथ थालनी भएको यो लोकमार्ग आयोजनाले मध्य पहाडी भूभागलाई यातायात सञ्जालमा जोडी आर्थिक, सामाजिक, पर्यटकीय, सांस्कृतिक, शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गरी गरिबी न्यूनीकरणमा सहयोग गर्ने लक्ष्य लिएको छ । 

यस्तै विकासको प्रतिफल भौगोलिक एवम् सामाजिक आधारमा न्यायोचित वितरण हुने गरी सडक सञ्जाल विस्तार गर्ने, नेपालको पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, सहर, भूभागलाई सडकको पहँुचमा पु¥याउने र सुगम स्थानमा रहेको सडक यातायात दबाबलाई मध्यपहाडी भागमा समेत सारी यातायात सेवालाई सन्तुलित बनाउने लक्ष्य आयोजनाको रहेको छ । 

आयोजनाको उक्त लक्ष्यलाई कसरी सफल तुल्याउन सकिन्छ भन्ने सवालमा एक प्रकारको नागरिक अभिमत बुझ्न सञ्चालित एमालेको सङ्कल्प यात्राको समापन कार्यक्रममा अध्यक्ष ओलीले सङ्कल्प यात्राले राजनीतिप्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको बताउनुभएको थियो । “सङ्कल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्बाेपरि ठान्ने आमजनताको मनोबल उच्च बनाएको छ’’ अध्यक्ष ओलीको भनाइ थियो । 

यस्तै यात्राका क्रममा भोजपुरमा पुगेका समयमा पत्रकारहरुसँग कुरा गर्दै एमालेका महासचिव शङ्कर पोखरेलले भन्नुभएको थियो, “नेपाली जनताले सङ्घर्ष गरेर पराजित गरेको राजतन्त्रलाई समेत ब्युँझाउने, देशमा अराजकता मच्चाउने, सामाजिक सद्भाव भड्काउने खालका गतिविधि शुरू भएको बेला एमालेले सञ्चालन गरेको अभियानले सबै शक्तिलाई परास्त गरेको छ । लोकतन्त्र नै जनतालाई सर्वशक्तिमान बनाउने माध्यम हो भन्ने यसले पुनः पुष्टि गरेको छ, त्यस अर्थमा यसले मुलुकको विकास र समृद्धिको आधार तयार गरेको छ ।’’ यात्राको क्रममा अध्यक्ष ओलीप्रति बालबालिकादेखि बृद्ध–बृद्धासम्मले उच्च सम्मान व्यक्त गरेको तथा क्रममा जनताको माया, सल्लाह र सुझाव ग्रहण गर्ने अवसर मिलेको भनाइ महासचिव पोखरेलको छ  ।

एमालेको केन्द्रीय टोलीमा एमाले अध्यक्ष ओलीका साथ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाललगायत सहभागी हुनुहुन्थ्यो । यस राजमार्गमा कोशी प्रदेशमा चिओभञ्ज्याङ्ग, च्याङ्गथापु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोर नदी, सक्रान्ती बजार, म्याङ्गलुङ्ग, बसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट र घुर्मी, बागमती प्रदेशमा घुर्मी, खुर्काेट, राकाथुम, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पाति भञ्ज्याङ्ग–सानो कात्तिके, छहरे, त्रिशूली, सल्यानटार र गोरखा सिमाना आरूघाट, गण्डकी प्रदेशमा आरूघाट, पालुङ्गटार, भोर्लेटार, भगवतीटार, भैसे, पोखरा, बागलुङ्ग, बुर्तिवाङ्ग, वाग्लुङ्ग र रूकुम सिमाना पर्दछ ।

यस्तै लुम्बिनी प्रदेशमा रूकुम सिमाना, लुकुमगाउँ र रूकुमकोट, कर्णाली प्रदेशमा मुसिकोट, चौरझारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला, साइजिउला र बेलखेत तथा सुदूरपश्चिम प्रदेशमा बेलखेत, बिनायक, साफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ र झुलाघाट मुख्य स्थान पर्दछन् । 

यति धेरै स्थानमा मुलुकको एक प्रमुख पार्टीको दैनिक राजनीतिक क्रियालापले नयाँ उत्साह पैदा भएको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको विश्लेषण छ ।  नेकपा पार्टी स्थापनाको ७५ औँ वर्ष समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित लोकमार्ग केन्द्रित अभियानबाट इतिहास र अग्रजहरूको सम्मान, राष्ट्र सबल र समृद्ध बन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि, जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव सङ्कलन  र स्थानीय सम्बन्ध तथा  राष्ट्रिय सन्देश मिलेको उहाँको भनाइ छ ।

नेता गौतमले अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणहरूको पहिचान र समाधानको खोजी,  सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रबद्र्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न सहयोग मिलेको पनि बताउनुभयो । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट पहिचान पक्षधरले कोशी प्रदेशका जिल्लाका कार्यक्रममा अवरोध गर्ने धम्की दिए पनि एमालेका यात्रा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । 

एमालेका पोलिटब्युरो सदस्य मनकुमारी जिसी (केसी) का विचारमा एकैपटक र एकैस्वरमा गरिएको सङ्कल्प यात्राले विकास निर्माणका लागि स्थानीयस्तरमा सकारात्मक सन्देश गएको छ । “ठाउँठाउँमा स्थानीय सर्वदलीय प्रतिनिधिमण्डलले एमालेका नेतृत्वलाई विकास निर्माणका लागि ज्ञापनपत्र दिइएको छ । नेतृत्वप्रतिको यो विश्वास र भरोसा जनताको घरघर र मनमनमा पुग्ने अवसर मिलेको अनुभव भएको छ’’, बाग्लुङका पूर्व सांसद जिसीले भन्नुभयो ।

एमालेको बागमती प्रदेशका पूर्व अध्यक्ष केशवराज पाण्डेले पहाडी क्षेत्रका जनताको भविष्य उक्त लोकमार्गले परिवर्तन गर्न सक्छ भन्ने बलियो सन्देश यात्राले दिएको बताउँदै समय समयमा सीमित नेताको पहुँचका भरमा लोकमार्गको रेखाङ्कन फेरबदल गरेर लम्ब्याउने काम गरिनु उचित नभएको प्रतिक्रिया पनि जनतस्तरमा पाइएको जनाउनुभयो । बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्रीसमेत रहनुभएका पाण्डेले अब उत्तर–दक्षिण जोड्ने राजमार्ग बनेमा मध्यपहाडीबासीलाई शहरी क्षेत्रसँगको यातायाता पहुँचमा सहजता हुने स्थानीय अपेक्षा रहेको सुनाउनुभयो । मध्यपहाडी क्षेत्रमा बसाईँसराईँ रोक्न उक्त क्षेत्रमा राज्यबाट दिइने सेवा सुविधामा कुनै कमी हुन नहुने पनि स्थानीयबासीको अपेक्षा रहेको छ ।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डडेलधुरामा देउवापछि को ?

काठमाडौं । डडेलधुराबाट निरन्तर संसद्मा प्रतिनिधित्व गर्दै आएका कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाले यसपालि पनि चुनाव लड्न चाहेका थिए तर टिकट पाएनन् ...

प्रहरीलाई निर्वाचन लक्षित प्रशिक्षण सुरू

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारीलाई निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम बुधबारदेखि प्रहरी प्रधान ...

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकास नै मतदाताको मुख्य चासो

महोत्तरी । प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् । ...

बालेनलक्षित ओलीको टिप्पणी- म त जहाजै उडाउन सक्छु भन्दै यात्रुले पाइलट सिटमा बस्न मिल्दैन

दुई चरणमा चुनाव गर्ने कुरा कुनै हालतमा पनि स्विकार्य हुदैन

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँ कस्तो रहन्छ मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्...

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई न...

उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था

उदयपुर । जता हेर्‍यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालिका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा ...

मापदण्ड संशोधन गरी बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सह...

झापा–२ मा निवर्तमान सभामुखलाई उपसभामुखको चुनौती, अरु दलका कस्ता छन् प्रतिस्पर्धी ?

झापा । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन् । निवर्तम...

दल र उम्मेदवारले २५ हजार माथिको नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE